23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

सामुदायिक विद्यालयका विद्यार्थीका लागि बससेवा

फोटो बी बी श्रेष्ठ
गुणादी/म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित सामुदायिक विद्यालय महेन्द्र माध्यमिक विद्यालयले विद्यार्थीहरुका लागि बस सेवा शुरु गरेको छ । 
म्याग्देबाट बीबी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बस सेवा सञ्चालन गर्न म्याग्दे गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटबाट सामुदायिक विद्यालयलाई बस सेवा सञ्चालन गर्नका लागि ४० प्रतिशत अनुदान दिने भएपछि महेन्द्र मावि गुणादीले ६० प्रतिशत आफ्नो लगानी गरी बस सेवा सञ्चालनमा ल्याएको हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको, गुणस्तर खस्केको चर्चा चलिरहेको सन्दर्भमा म्याग्दे गाउँपालिकाले ल्याएको सामुदायिक विद्यालय बस सञ्चालन अनुदान कार्यक्रमको सर्वत्र चर्चा भएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मीन मावि थर्पुले गतबर्षदेखि सञ्चालन गरेको बस सेवाले दिएको सकारात्मक सन्देशलाई मनन गरी यस बर्ष पनि अनुदानलाई निरन्तरता दिइ महेन्द्र माविलाई अनुदान उपलब्ध गराएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले पालिकाको अनुदान कार्यक्रमले सामुदायिक विद्यालयमा जेहेन्दार विद्यार्थी टिकाइ शैक्षिक गुणस्तर हासिल गर्न सहज हुनुको साथै विपन्न र दुर्गमबस्तीका विद्यार्थीलाई विद्यालय आउन जान समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर रानाको बुझाईमा अनुदानले शैक्षिक गुणस्तर बृद्धि हुन्छ र विद्यार्थीहरुलाई शैक्षिक वातावरणको सहज पहूच पुर्‍याउँदछ ।  
विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापा पालिकाको ४० प्रतिशत अनुदानले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा थप हौसला मिलेको बताउनु हुन्छ । 
पालिकाले चालिस प्रतिशत अनुदान प्रोत्साहनले थप साठी प्रतिशत पूर्व विद्यार्थीहरु, चन्दादाताहरु र विद्यालयको कोषबाट जुटाएर विद्यार्थी आवागमनका लागि बस सेवा सञ्चालन गर्न सफलता मिलेको प्रधानाध्यापकको हर्षित टिप्पणी रहेको छ । 

Related posts

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

admin

दमौलीमा लोकतान्त्रिक बाम गठबन्धनको कोणसभा

admin

प्रतिशोधपूर्ण सिफारिसका विरुद्ध कार्यकर्ता

admin