25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

चण्डीदेवी सर्कलद्वारा जनचेतना

फोटोः यमप्रसाद सापकोटा

कुमालटारी/युवा रेडक्रस सर्कल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयले जलवायु परिवर्तन सम्बन्धी दुईदिने जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षक नायक यमप्रसाद सापकोटाले दिनुभएको जानकारी अनुसार सर्कलले साउनको २६ र २७ गते दुई दिन व्यास–१० स्थित विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा जलवायु परिवर्तनसम्वन्धी विभिन्न खेलका माध्यमद्वारा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी लघु नाटक पनि प्रदर्शन गरिएको थियो । साथै विभिन्न खेलका माध्यमबाट विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गनर्,े सम्बन्धीत ठाउँमा फोहोर फाल्ने, कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गर्ने लगायतका क्रियाकलापका बारेमा जानकारी गराइएको थियो । विविध विषयहरुलाई समेटेर समूह विभाजन गरी विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन फोहोर न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धी विविध जानकारी गराइएको थियो । विद्यालयका प्र–अ एवं संरक्षक रामचन्द्र पोखरेलले सर्कलले वर्षभरी गर्ने विविध क्रियाकलाप अन्तर्गत यस्ता कार्यक्रमले विद्यालय समाज र समुदायलाई सकारात्मक प्रभाव दिँदै जनचेतना बढाउन ठूलो टेवा पु¥याउने कुरा व्यक्त गर्नुभएको थियो ।
सर्कलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सर्कलकी सचिव रोशनी थापाले सञ्चालन गर्नुभएको थियो ।

Related posts

न्यायाधीश–बार अन्तरक्रिया

Deepak Joshi

मस्र्याङ्दी नदीमा जलविहार प्रबद्र्धन गर्दै भानु

admin

क्यान्सर विरुद्धको हाम्रो लडाईँ-सम्पादकीय

admin