Tanahun Awaj
समाचार

अर्धवार्षिकी समिक्षात्मक कार्यक्रम

फोटो सिर्जना पराजुली

दमौली/ तनहुँका १८ विद्धालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम बुधबार दमौलीमा सम्पन्न भएको छ । रुम टू रिड अन्तरगत सञ्चालित बालिका शिक्षा कार्यक्रम सञ्चालनमा खटिएको जनशक्तिको क्षमता विकास गर्ने र कार्यक्रमलाइ एकरुपता दिदै लक्षित उपलब्धि हासिल गर्ने समिक्षा कार्यक्रमको मूल ध्येय रहेको फिल्ड कार्यालय प्रमुख दिनेश पोखरेलले बताउनु भयो ।

फोटो रुम टु रीड

अठार विद्यालयमा कार्यरत जनशक्तिलाइ छ महिनामा कस्ले कस्तो उपलब्धि हासिल गर्न सक्यो असल अभ्यास कस्ता रहे यस अवधिका चुनौतीहरु के रहे साथै चुनौति सामना गर्न के कस्ता उपायहरु अपनाइयो जस्ता विषय माथि समिक्षात्मक विश्लेषण गरिएको थियो । आफ्ना जनशक्तिलाइ पाएको जिम्मेवारी निर्वाह गर्ने क्षमता अभिबृद्धि गर्न खेलको माध्यमबाट उत्पेरित गराइएको सामाजिक परिचालक संगिता पोख्रेलले बताउनु भयो । पोख्रेलका अनुसार समिक्षा कार्यक्रममा नयाँ क्षमताको विकास पनि गरिएको थियो । अहिलेसम्म पेपर वेशमा उपलब्धि सम्प्रेषण गरिएकोमा यस पटक अन्तरवार्ता र गीतीलयमा सम्प्रेषण गरिएको थियो । परिचालकहरुको मेहनतमा १८ विद्यालयका ५३ जना विद्यालय छाड्न लागेका वालिकाहरुलाइ निरन्तर विद्यलय जाने वातावरण निर्माण सफल भएका थिए । समिक्षा कार्यक्रममा बालिका शिक्षा कार्यक्रममा सहभागि वालिकाको उपलब्धि अग्रस्थानमा रहेको निष्कर्ष निकालिएको सामाजिक परिचालक सिर्जना पराजुलीले बताउनु भयो । समिक्षा कार्याक्रममा पाँच बर्ष सेवा गरेका तीन जना बरिष्ठ सामाजिक परिचालक र एक जना वरिष्ठ कार्यक्रम सहायकलाइ प्रसंसा पत्र प्रदान गरिएको थियो  ।  

तनहुँमा दुइ चरणमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो चरणमा १२ वटा विद्यालयमा र सन २३ मा छ वटा विद्यालय थपेर १८ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो । सो अनुसार व्यास नगरपालिका भित्र पाँच भानु नगरपालिकामा एक बन्दिपुर गा.पा.मा एक म्याग्दे गा.पा.मा चार शुक्लागण्डकीमा पाँच र भिमाद एक र ऋषिङ गा.पा.मा एक गरी १८ विद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

Related posts

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

व्यासको सार्वजनिक सुनुवाइ भोली

Deepak Joshi

अल्ट्रा म्याराथनलाई सहभागी आह्वान

Deepak Joshi