Tanahun Awaj
समाचार

समाजले मनायो ४१औं स्मृति दिवस

दमौली/ बीपी विचार समाज तनहुँले शनिबार एक कार्यक्रमका बीच ४१औं बीपी स्मृति दिवस मनाएको छ ।
नेपाली राजनीतिक इतिहासका शिखर पुरुष प्रजातान्त्रिक समाजवादको प्रवर्तक सैदान्तिक आदर्शमा अडिक महामानव बीपी कोइरालालाइ नेपाली काँग्रेसले आदर्शपुरुष मान्दछ । उनै राजनेतालाइ नेपाली राजनीतिले गुमाएको दिन २०३९ साउन ६ गतेलाइ आज ४१औं दिवसका रुपमा बीपी विचार समाज तनहुँले दमौलीमा बीपीका सिदान्त त्याग र निष्ठाको विवेचनात्मक प्रसंसा गरेर फोटोमा माल्यार्पण गरेर शिर झुकाएर मनाएको छ ।


४१औं वीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाइ संविधान सभा सदस्य उर्मिला थापाले सांकेतिक शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी बरिष्ठ अधिवक्ता एवं बीपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरी, अधिवक्ता एवं सल्लाहकार ऋषिराम पोख्रेल, सल्लाहकार डा. विधुतकेशरी न्यौपाने, दमौली एफ एमका का.बा. अध्यक्ष माधव खनाल, बीपी विचार समाज देवघाटका सभापति कृष्णराज न्यौपाने लगायतले बीपीबाद, बीपीको सैदान्तिक निष्ठा, अहिलेको नेपाली काँग्रेसको सैदान्तिक विचलन र अपवित्र सत्तागठबन्धकको बारेमा चर्चा गर्नुभएको थियो ।
बीपी विचार समाज तनहुँका कार्यवहाक अध्यक्ष क्या. रेशमबहादुर गुरुङको अध्यक्षतामामा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव पञ्चबहादुर गुरुङले गर्नुभएको थियो ।

Related posts

२०८१ माघ ३ गतेको तनहुँ आवाज साप्ताहिक

admin

प्रहरीद्वारा सार्वजनिक सुनवाई

admin

स्थापना दिवसको अवसरका भलिबल प्रतियोगिता

Deepak Joshi