29.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

व्यासको सार्वजनिक सुनवाई सम्पन्न

फोटो व्यास सूचना शाखा
दमौली/तनहँुको व्यास नगरपालिकाले आ.व. ०७९÷०८० को तेश्रो चौमासिक तथा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
नगरपालिकाको सभाहलमा  आयोजित सो कार्यक्रममा ०७९ चैत देखि २०८० असार मसान्तसम्म नगरपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरु तेश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका थिए । 
नगरपालिका तथा वडागत मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रष्ट पारेका थिए । नगरपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्बांद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गरिएको नगरप्रमुख न्यौपानेले बताए ।  स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाई गरिएको भन्दै नगरप्रमुख न्यौपानेले  नगरपालिकाबाट संचालित  विकास कार्यक्रम, उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेबार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सार्वजानिक सुनुवाईको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको बताए । सार्ववजानिक सुनुवाईको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि नगरपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिक मैत्री बनाउन सहयोग पुग्ने उनले बताए ।
सो कार्यक्रममा पूर्वधार विकास शाखा प्रमुख डा.राजु पौडेल, उद्योग पर्यटन तथा श्रम रोजगार प्रर्वद्धन शाखा प्रमुख राजेन्द्र कार्की, पशु विकास शाखा प्रमुख मनोज विश्वकर्मा, राजश्व शाखा प्रमुख कृष्णराज घिमिरे, घरनक्सा शाखा प्रमुख अमृत के.सी, शिक्षा शाखाका नविन पराजुली,  सम्बन्धित शाखाबाट सम्पादन भएका सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा नगरवासीहरुले आफनो गुनासो नगरप्रमुख सामु राखेका थिए ।

Related posts

भानु जयन्ती तीन दिनसम्म मनाइने

admin

सचिन स्मृति दौडः उपाधि बोगटीलाई

admin

अन्तरक्रियासंगै दरखाने

admin