Tanahun Awaj
समाचार

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

दमौली/तनहुँको पुरानो व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न भएका छन् । नगरपालिकाले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म चालु आर्थिक बर्षमा १ हजार ३ सय १५ कुल योजना सञ्चालन गर्ने नीति अनुसार १ हजार २ सय २८ वटा योजनाको सम्झौता भएको, ८ सय १९ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४ सय ९ वटा योजना अन्तिम चरणमा पुगेको, ८४ योजना वटा सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित गर्न बाँकी रहेको नगरपालिकाको पूर्वधार विकास शाखाले जनाएको छ ।
नगरपालिकाले उपभोक्ता समिति र ठेक्का मार्फत संचालन गरिएको मा ९३ प्रतिशत योजनाको सम्झौता भएकोमा ६२ प्रतिशत योजना सम्पन्न भएका छन् भने ३१ प्रतिशत योजना निर्माणधीन अवस्थामा रहेको र ७ प्रतिशत योजनाको सम्झौता नै नभएको योजना अधिकृत भेषराज तिवारीले जानकारी दिए । उनका अनुसार ठेक्का मार्फत ६० योजना मध्ये ५६ योजना सम्झौता भएका थिए । जसमा २६ योजना सम्पन्न भई भुक्तानी लिईसकेको,३० योजना निर्माणधीन अवस्थामा र १ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित हुन बाँकी रहेको छ । उपभोक्ता समिति मार्फत संचालित १ हजार २ सय ५५ योजनामा ७ सय ९३ योजना सम्पन्न भई भुक्तानी लिईएको छ भने ३ सय ७९ योजना निर्माणधीन अवस्थामा रहेका छन् । त्यस्तै ८३ योजना सझौता हुन बाँकी रहेको छ ।

Related posts

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin

सूर्यपाल स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव एवम् अभिभावक दिवस २०८० सम्पन्न

admin

विद्यार्थीको गालामा तातो पन्यो

admin