Tanahun Awaj
समाचार

गणेशमान चोकमा पार्क बनाउन माग

दमौली/व्यास नगरपालिका वडा नं. २ स्थित गणेशमान चोकमा पार्क निर्माण गर्न वडा नं. २ का वासिन्दा विशेष जोडका साथ माग गरेका छन् ।
महाभूकम्प २०७२ सालको स्मरण गर्दै व्यास नगरवासीले गणेशमान चोकमा नमूना पर्क बनाउनु पर्ने सबैले चासो देखाउन आग्रह समेत गरेका छन् ।
व्यास नगरपालिका वडा नं. २ का कार्यवहाक अध्यक्ष सुरेश वाग्लेको समेतमा जनप्रतिनिधिहरुले वडावासीको मागलाई सम्बोधन विशेष आवाज उठाउन मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरेर वडावासीको मागलाई सार्वजनिक गरेको हो ।
विशेष गरी प्रत्येक वडावासीले आफूले महंगो पैसा तिरेर किनेको घडेरीमा घर बनाउँदा जग्गा छोड्नु परे जस्तै जिल्ला समन्वय समिति तनहुँकै स्वामित्वमा रहेको जग्गा भएपनि नगरको घनावस्तीको बीचमा खुल्ला पार्क बनाउनका लागि टे«ड सेन्टरको सकिएको म्याद नथप्न आग्रह गरेका छन् ।

Related posts

तनहुँमा ३२औं परिषद दिवस मनाइयो

admin

क्लबद्वारा शैक्षिक सामग्री वितरण

admin

भलिबल खेल्दै किसोर किसोरीहरु

Deepak Joshi