21.7 C
Damauli
September 19, 2026
Tanahun Awaj
समाचार

शैक्षिक गुणस्तर सुधार्न विषय समिति

दमौली/पालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्यले व्यास नगरपालिकाले शिक्षकहरका विषय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको परिकल्पना तथा कार्ययोजनामा व्यासले गत शनिबार पालिका भित्रका शिक्षकहरु जम्मा पारी उक्त समिति गठन गरेको हो ।
सत्यवती माविमा भेला भएका शिक्षकहरुले पालिका स्तरिय विषयगत कार्यसमूह तथा अंग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयको विषयगत समितिहरु गठन गरेका हुन् । सिद्धेश्वरी माविका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीका अनुसार व्यास नगरपालिका विषयगत कार्य समूह– २०८० संयोजकः गणेश चन्द्र बस्नेत तथा सदस्यहरुमा नारायणप्रसाद अधिकारी, अनिल श्रेष्ठ, सिमा श्रेष्ठ, भरत काफ्ले, रामदत्त पौडेल तथा कमला पराजुली रहेका छन् ।
यसैगरी भेलाले इन्द्रप्रसाद पौडेलको संयोजकत्वमा अंग्रेजी विषय समिति, गणेशचन्द्र वस्नेतको संयोजकत्वमा गणित विषय समिति, एकबहादुर गुरुङको संयोजकत्वमा विज्ञान विषय समिति, रुक्मणी पौडेलको संयोजकत्वमा नेपाली विषय समिति तथा बीरबहादुर वस्नेतको संयोजकत्वमा समाजिक विषय समिति समेत गठन गरेको छ । प्रत्येक विषय समितिमा ९ जना सदस्य रहेका प्रअ अधिकारीले बताए ।
नव गठित कार्य समूह तथा विषयगत समितिहरुले नगरपालीका अन्तर्गतका विषयगत शिक्षकहरूको कार्यशाला तथा बैठकको आयोजना गरी शैक्षिक गुणस्तर सुधार गर्ने ,शैक्षणिक सीपको वृद्धि गर्ने ,कक्षा कोठामा देखिएका विषयगत समस्याहरुलाई समाधान गर्ने, नवीनतम उपायहरूको छलफल एवं पहिचान गर्न शिक्षकहरुलाई सहायता गर्ने छन् ।
यसैगरी शैक्षणिक समस्या समाधानका लागि वैज्ञानिक तथा व्यावहारिक उपायको खोजी गर्ने ,विषयगत रुपमा लो कस्ट, नो कस्टका शैक्षिक सामग्रीहरुको निर्माण एवं संकलन तथा प्रयोग गर्ने ,विषयगत सिकाइ उपलब्धीमा वृद्धि गर्ने ,विषयगत प्रश्न प्रत्र बैंक को स्थापना गर्ने एवं समयानुकुल विषयगत रुपमा विद्युतीय शैक्षिक सामग्रीहरु निर्माण गरी शिक्षक त्यस्ता समाग्री निर्माणगरी शिक्षण गर्न प्रेरित गर्ने छन् ।

Related posts

दोस्रो पटक धरौटीमा रवि

admin

काजक्रिया भन्दा ठूलो पितृ उद्धार कर्म

admin

आफ्ना योजना सुनाउँदै घरदैलोमा ढकाल

Deepak Joshi