Tanahun Awaj
समाचार

म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर

फोटो विवि श्रेष्ठ

म्याग्दे/गाँउपालिकाले पालिका भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई हाते टयाक्टर वितरण गरिएको हो ।
कृषकको ५० प्रतिशत रकम र पालिकाको ५० प्रतिशत अनुदानको रकमवाट टयाक्टर वितरण गरिएको हो । ७० हजार पर्ने टयाक्टरको मुल्यमा ५० प्रतिशत कृषकले ३५ हजार र गाँउपालिकाले ३५ हजार अनुदान वाट कृषकलाई दिईएको हो ।
हाते टयाक्टर पालिका भित्रका संगिता उच्चै ठकुरी म्याग्दे( ३, महेन्द्र आले मगर म्याग्दे( ३, रवि घिमिरे म्याग्दे( ३, दीपक थापा सुनिल म्याग्दे( ३, प्रेम वहादुर थापा म्याग्दे( ३, शर्मिला श्रेष्ठ म्याग्दे( ३, दिनेश राज अधिकारी म्याग्दे( ३, दधिराज श्रेष्ठ म्याग्दे( ३, कमला शाही म्याग्दे(३, केश वहादुर थापा म्याग्दे( ४, गोपाल कामी म्याग्दे( ४, पुर्ण वहादुर थापा म्याग्दे( ४, पदमराज श्रेष्ठ म्याग्दे( ७, कृष्ण वहादुर मस्राङदी म्याग्दे( ७, वुद्धिवहादुर विक म्याग्दे( ६, विष्णुवहादुर खड्का क्षेत्री म्याग्दे( २, होम वहादुर साकी म्याग्दे ( २ लाई ५० प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरिएको हो ।
कृषकलाई कृषीमा आत्मनिर्भर वनाउन र राहत दिनका लागी अनुदान दिईएको पालिकाले जनाएको छ ।

Related posts

सत्यवतीमा गिरी

admin

ईही विवाहको शुभारम्भ

admin

साधन पुस्तिका हस्तान्तरण

admin