22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
जीवनशैलीविचार/दृष्टिकोण

राजनीतिका पात्रहरुले बनाएको पहिचान

आर आर पाेख्रेल
नेपालको राजनीतिक यात्रामा विशेष गरी २००७ सालको राजनीतिक क्रान्तिलाई पनि भारतले आफ्नो स्वार्थमा प्रयोग गर्न सफल भएको चर्चा चलिरहेको बेला त्यसपछिका राजनीतिक परिवर्तनहरु २०१७ पुस १ गतेको घटना, २०४६ साल चैत्र २४ गतेको घोषणा, २०६३ साल बैशाख ११ गतेको घोषणा नेपाली राजनीतिक परिवर्तनकारी पहिचान पाएका घोषणा हुन् । 
विश्व इतिहासमा नेपालको आफ्नो छुट्टै पहिचान छ । स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न पहिचानलाई माथि उल्लेखित प्रत्येक पछिल्ला राजनीतिक परिवर्तनले कमजोर बनाउँदै लगेको नेपाली राजनीतिक इतिहासको अगाडि छिपेको 

छैन । प्राकृतिक साधन र स्रोतले सम्पन्न आफ्नै मौलिक नेपाली पहिचान भएको मुलुकलाई क्रान्तिकारी परिवर्तनका नाउँमा ध्वस्त र नामेट पार्ने खतरा बढ्दै जाँदा २०४६ पछिका पात्रहरु कस्को कति भूमिका रह्यो चित्रण गर्न सजिलो त पक्कै छैन । राष्ट्रको कार्यकारी प्रमुखमा रहेर निर्वाह गर्नुपर्ने जिम्मेवारी कति चुनौतिपूर्ण हुन्छ, कस्ता परिवन्द र विवसताहरु आईलाग्दछन् भोग्नेलाई मात्र थाहा हुन्छ । तर सत्य चाही के हो भने राष्ट्रको लागि दुरगामी असर पार्ने, स्वाभिमानमा चोट पुग्ने निर्णय गरेर नेतृत्वमा रहिरहनु भन्दा देश, जनताका लागि पदत्याग गर्ने निस्वार्थ राजनीति गर्न सकेको भए नेपाल र नेपालीले आजको दिनको नियती भोग्नु पर्ने थिएन । दु्ई पटक भन्दा बढी मुलुकको नेतृत्वमा जान चाहने पात्रहरु नेपालको परिवेशलाई अध्ययन गरेर भन्नु पर्दा विदेशी एजेन्टको आवरणमा प्रकट भएको यथार्थ भेटिन्छ ।
२००७ साल अघिका पात्रः
पृथ्वीनारायाण शाह, बहादुर शाह, भिमसेन थापा, अमरसिंह थापा, कालु पाण्डे, भक्ति थापा लगायत वर्तमान नेपाल निर्माण गर्ने र विस्तारवादी अंग्रेजबाट बचाउनेहरु सबैको नाम नेपाली राजनीतिमा पुजनीय नै छ । नेपाललाई एक सय चार बर्षे जहानीया राणा शासनका संस्थापक जंगबहादुरलाई राजनीतिक रुपमा अनुदार भनिए पनि अन्तराष्ट्रिय सम्बन्धमा नेपालको पहिचान आर्जन गर्नमा उनको भूमिका प्रसंसनीय नै
छ । त्यसपछि राष्ट्रपिताको रुपमा सम्मानित राजा त्रिभुवनलाई आरोपित गर्नुपर्ने कुनै आधार भेटिदैन ।
शहिदको सम्मानः
नेपालको राजनीतिक इतिहासमा एक सय चार बर्षे जहानीय राणा शासनको अन्त्यका लागि माफी मागेर पाउने जीवन समेतको प्रवाह नगरी हाँसी हाँसी मृत्यूदण्ड स्वीकार गर्ने दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ नेपाली राजनीतिका आदर्श हुन् । मृत्यूवरणलाई स्वीकार गर्दा पनि मृत्यूदण्ड नदिएर ब्राह्मण भएकै कारण ब्रमस्वको डरले चार पाटा मुडेर डाँडा कटाइएका टंकप्रसाद आचार्यलाई नेपाली राजनीतिक आदर्शको रुपमा सम्मान गर्नुपर्ने हुन्छ । हरेक राजनीतिक पात्रमा चार सहिद र टंकप्रसाद आचार्यको जस्तै त्याग र समर्पण भएको भए नेपाल र नेपालीले आफ्नो गौरवमय स्वाभिमानमा आँच आएको देख्नु पर्ने थिएन । यही पृष्ठभूमिमा सरसर्ती मनमष्तिष्कमा बसेका नेपाली राजनीतिको शिखर पात्रहरुको चित्रण गरौं ।
विश्वेश्वर प्रसाद कोईरालाः
एक सय चार बर्ष मुलुकलाई पारिवारिक बन्धक बनाएको राणा शासन विरुद्धको राजनीतिक क्रान्तिका नायक थिए विश्वेश्वर प्रसाद कोईराला । त्यसका सारथी दिए राजा त्रिभुवन । दिल्ली सम्झौता, गण्डकी सम्झौता, कोषी सम्झौता, चिनकाजी प्रकरणमा जोडेर विश्वेस्वर प्रसाद कोईरालाको आलोचना गरेको पाईन्छ । तर पनि नेपाली सार्वभौमसत्ता, स्वाधिनता, अखण्डतालाई दुरगामी सुरक्षाकवजका रुपमा नेपाली राजनीतिलाई राष्ट्रियता, प्रजातन्त्र समाजवाद र संवैधानिक राजतन्त्र जस्ता दूरदर्शि दर्शन दिने जननेता भनेर नेपाली इतिहासमा विश्वेस्वर प्रसाद कोईरालाको नाम चर्चाको शिखरमा छ । नेपाली राजनीतिमा राजनेताको पहिचान बनाएका छन् विश्वेश्वर प्रसाद कोईरालाले ।
महेन्द्र वीरविक्रम शाहदेवः
नेपाली राजनीतिमा राजाको रुपमा उदाएका महेन्द्र वीरविक्रम शाहदेव २०१७ साल पुस १ गतेको काण्ड घटाउने अनुदारवादी राजाको रुपमा चित्रण गरिन्छ । तर नेपाल र नेपाली इतिहासमा विस्तारवादी छिमेकीहरुबाट मुलुकको स्वाभिमान र स्वाधिनताको पहिचान बचाउन भूमिका निर्वाह गरेको आँटिलो राष्ट्राध्यक्ष थिए महेन्द्र । असंलग्न परराष्ट्र नीति अख्तियार गरेर कठिन चुनौतिका बीच तराईको भूमिलाई सुरक्षित गर्न, तराई र पहाडको विभेद मेटाउन नयाँ नयाँ बस्ती बसाउने देखि पूर्व पश्चिम राजमार्ग निर्माण गर्ने दुरदर्शि महेन्द्र कदमलाई खुलेर प्रसंसा गर्न मलाई हिच्किचाहट लाग्दैन । त्यसैले नेपालको इतिहासमा राष्ट्राध्यक्षमा सीमित नरहेर राजनेताको पहिचान बनाएका पात्र हुन् महेन्द्र ।
गणेशमान सिंहः
राणा शासन विरुद्धको कठिन संघर्ष गरेर खारिएका गणेशमान सिंको परिवार नै नेपालको राजनीकि परिवर्तनमा होमिएको थियो । विश्वेश्वर प्रसाद कोईरालासंग फरक मत राख्न सक्ने आँटिला नेता थिए गणेशमान सिंह । जब २०४६ सालको राजनीतिक परिवर्तन भयो त्यसपछि पाएको प्रधानमन्त्रीको अवसरलाई प्राथमिकतामा नराखेर संयुक्त जनआन्दोनलको कमाण्डरको पहिचान बचाएका सिंले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनाएका थिए । तर पनि सिंलाई परिवादको आरोप लागेका थियो ।
कृष्णप्रसाद भट्टराईः
नेपाली राजनीतिका चतुर कुटनीतिज्ञको पहिचान बनाएका कृष्णप्रसाद भट्टाईकै सवल नेतृत्वले गर्दा २०४७ सालको संविधान जारी हुन सकेको थियो । त्यागी, सादगी कृष्णप्रसाद भट्टाई जस्तै नेतृत्व देशले पाएको भए मुलुकको यो अवस्था हुने थिए । सायद दाश ढुंगा काण्ड पनि हुनेथिएन कि ।
मदन भण्डारीः
प्रखर वक्ता, बहुदलीय जनवादको भाष्य निर्माण गरेर नेपालको बामपन्थलाई बहुदलीय राजनीतिको मूल प्रवाहमा डो¥याउने भण्डारी भित्रको राष्ट्रवादले गर्दा दाश ढुंगा काण्डमा जीवनलिला समाप्त गर्नु प¥यो भन्दा मलाई सत्य बोलेकोमा आत्मगौरव हुन्छ ।
हामीले अहिलेसम्म सरसर्ति दिमागमा फुरेको राजनीतिक पात्रको चर्चा ग¥यौं । यी नेताहरुलाई राजनेताको सम्मान दिंदा नेपाली माटोले न्याय गरेको मेरो ठम्याई हो ।
गिरिजाप्रसाद कोईरालाः
गिरिजाप्रसाद कोईरालाको महत्वाकाँक्षाले देशलाई नोक्सान भएको बुझ्नेहरु, कुन कुरा कहाँ भन्न हुन्छ कहाँ भन्न हुँदैन भन्ने हेक्का नभएका नेता भनेर चित्रण गर्नहरुले गिरिजालाई राजनेताको कोटीमा चढाउन चाहदैनन् ।
शेरबहादुर देउवाः
नेपाली राजनीतिमा शेरबहादुर देउवाको पहिचान कुसल संगठकका रुपमा थियो । तर अमेरिक राजदूत जुलिया जाँङको पहलमा आरजुसंग लगनगाँठो जोडिएपछि उनको पहिचान फेरिएको छ । अमेरिकी एजेण्टको पहिचान बनेको छ । त्यसपछि उनको पहिचान भनेको जोईटिंग्रे पनि हो ।
खड्गप्रसाद ओलीः
मदन भण्डारीको हत्यारा थाहा पाएर पनि सार्वजनिक गर्न नसक्ने खड्गप्रसाद ओलीलाई भारतीय एजेण्ट भनेर आरोप लाग्ने गरेको छ । तर प्रतिपक्षका रहेका बेला २०७२ को संविधान जारी गर्ने बेला देखाएको दृढ क्षमता, आफू प्रधानमन्त्री भएका बेला चुच्चे नक्सा सार्वजनिक गरेर देखाउन सफल । साथै आयात हुने तरकारी फलफूलमा विषादी जाँच गर्ने आँटले भित्री आवरण जेजस्तो भएपनि बाहिरी आवरणमा ओलीको पहिचान राष्ट्रवादी नै देखिन्छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ः
नेपाली राजनीतिका खलनायकका रुपमा पुष्पकमल दाहालको चित्रण गरिएको छ । पुष्पकमल दाहाल नेतृत्वमा चलेको सशस्त्र विद्रोहले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन गर्न सकेन । उल्टो भारतबाट परिचालित देखिएको छ । साथै धर्मनिरपेक्षता, जातिय द्वन्द भड्काउन सफल भएका कारण युरोपियन युनियनबाट पोषित भन्ने आरोप लागेको छ ।
अन्त्यमाः
नेपाली राजनीतिका चर्चा योग्य पात्रहरु धेरै छन् । सबैलाई चित्रण गर्न पनि यो सानो लेखमा संभव छैन । तर पनि शुशिल कोईराला संविधान जारी गर्न सफल पात्र हुन् । बाबुराम भट्टराई अर्थमन्त्रीका रुपमा प्रसंसित पात्र हुन् । तर पहिलो संविधान सभाबाट संविधान जारी गर्न पहल नगरेर राजनीतिक दुर्घटना निम्त्याउन प्रयोग भएका, तथा विप्पा सम्झौता गरेर जुवा खेल्ने पात्रका चित्रित छन् । माधव नेपाल, झलनाथ खनालहरुको भूमिका राष्ट्रका लागि केही गर्न नसक्ने, प्रयोग हुने पात्रको रुपमा मात्रै सिमित छ ।

Related posts

जीवनसंग जोडिएका भू संरक्षण-सम्पादकीय

admin

न्युनतम बिचारको आर्थिक ढाँचा

admin

नफर्किने बालापन र बालअधिकार

admin