32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

नयाँ वर्षमा बन्दिपुरमा सडक खाना महोत्सव

पहाडकी रानी सुन्दर पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक खाना महोत्सव सञ्चालन हुने भएको छ । 
	चैत्र ३० गते देखि वैशाख २ गतेसम्म तीन दिन चल्ने महोत्सवको आयोजना तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ तथा रेष्टुरण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) तनहुँले गर्न लागेका हुन् । 
	“सडकमा खाना खाऔं, सडकमै रमाऔं, आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गरौं” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवले विस्तारै लयमा फर्कँदै गरेको बन्दीपुरको पर्यटनमा थप सुधार आउने आशा रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए । 
	महोत्सवको अवसरमा बन्दीपुरमा विभिन्न जातजातिको सांस्कृतिक प्रदर्शन हुने तथा अन्य विविध सांस्कृतिक प्रस्तुति समेत रहेने छ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर भक्तपुरे शैलीका घरका कारण परिचित र चर्चित छ भने टुँडीखेलबाट देखिने हिमालको मनोरम दृश्यले आन्तरिक तथा वाह्य पर्यटकको मन लोभ्याउने गर्दछ । 

Related posts

कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश

admin

साइबर अपराध अभिमूखिकरण

Deepak Joshi

शिक्षक बढुवाको विज्ञापन प्रकाशित

admin