Tanahun Awaj
समाचार

कारवाही फुकुवा बारे जोशीको विज्ञप्ती

हिजो नेपाली कांग्रेसले गरेका निर्णय ( जोशीको कारवाही फुकुवा ) मा मेरो नाम पनि उल्लेख छैन । साथै २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको छ।हेक्का रहोस् हामी नव सामन्तीहरुका े दास होइनौं। बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पु–याउने शेर बहादुर देउवा लगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सँग माफी माग्नु पर्छ । अनि मात्रै सच्चा कांग्रेसहरु प्रति न्याय हुन्छ ।
नेपाली काँग्रेसले हिजो मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै। पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने र कुर्सी मोहका लागि गलतलाई गलत हो भन्न नसक्ने,बोल्नु पर्ने ठाउँमा चुँ समेत नगर्ने नेपाली कांग्रेसका युबा नेताहरुको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको छ। साथै यस्तो नेतृत्वले देशको कस्तो खाका कोर्ने हो भन्ने चिन्ता पनि लागेको छ । भनिन्छ जब राजनीतिमा विचलन आउँछ, तब झुटको खेति गरिन्छ । १२ बुँदे सहमति पछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटो तर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ। अतः सबै भन्दा ठूलो कुरा देश हो । देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीती गरुँला। मैले मेरो ब्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनु पर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ। सबै मिलेर देशको रक्षा गर्न पर्ने बेला आएको छ ।
यो झुटको खेतीमा मलजल नगर्न र सम्पूर्ण सच्चा नेपाली कांग्रेसका समर्थकहरुलाई पार्टीको मूल्य र मान्यताबाट बिचलित भएर गरिएको निर्णयाधार बिनाका यस्ता बकम्फुसे कुराको पछि नलाग्न र सो निर्णयको घोर भर्त्सना गर्न समेत अनुरोध गर्दछु ।
गोविन्दराज जोशी

Related posts

प्रेस स्वतन्त्रता दिवस मनाइयो

admin

व्यासमा पोलियो विरुद्धको खोप

admin

सिद्धेश्वरीको ५७ औं वार्षिकोत्सव

Deepak Joshi