23.8 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

पाँच सरकारले दिए विदा

तनहुँ/जिल्लाका पाँच स्थानीय सरकारले मगर दिवसमा सार्वजनिक विदा दिएका छन् । फागुन १५ गते मगर दिवस परेको थियो । सो दिनलाइ म्याग्दे, देवघाट, बन्दिपुर, ऋषिङ्ग र भिमादले सार्वजनिक विदा दिएका थिए । म्याग्दे गाउँपालिकाको कूल जनसंख्या बाइस हजार पाँच सय मध्ये सात हजार एक सय मगर समुदायको वस्ती रहेको छ । त्यसैगरी देवघाटमा बन्दिपुर, ऋषिङ्ग र भिमादमा पनि मगर समुदायको वस्ती अधिक रहेको छ । आफ्नो भेषभुषमा सजिएर उल्लासमय वातावरणमा मगर दिवस मनाएका मगर समुदायलाइ स्थानीय सरकारले दिएको सर्वाजनिक विदाले थप उत्साहित तुल्याएको महसुस गरेका थिए ।

Related posts

भानुमा हुलाक सेवा

admin

आज लक्ष्मी पुजा

admin

छैठौं आदिवासी जनजाती महोत्सव

admin