Tanahun Awaj
समाचार

हार्ट स्क्रिनिङ क्याम्प हुने

दमौली/नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँ शाखाको अयोजनामा दमौलीमा हार्ट स्क्रिनिङ क्याम्प सञ्चालन हुने भएको छ ।
शाखा सभापति कृष्णचन्द्र पाण्डेका अनुसार माघ २९मा दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा सञ्चालन हुने क्याम्पमा तीन हजार बाल बालिकाको हार्ट स्क्रिनिङ गर्ने उद्देश्य रहेको छ । क्याम्प सञ्चालनका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको नेतृत्वमा पाँचजना मुटुरोग विशेषज्ञ तथा कर्मचारी गरी १४ जनाको समूह दमौली आउने सभापति पाण्डेले जनाकारी दिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रको सहयोगमा सञ्चालन हुने क्याम्पमा विद्यालय उमेर समूहका बालबालिकाको मुटु परिक्षण गरिने छ । क्याम्पमा स्क्रिनिङका क्रममा मुटुमा समस्या देखिएमा निःशुक्ल उपचारको व्यवस्था गरिने समेत शाखा उपसभापति चुडामणी दाहालले बताए ।

Related posts

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

admin

गाईजात्रा तथा लाखे नाच–२०८१ (तस्विर)

admin