Tanahun Awaj
समाचार

मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता

क्वालालम्पुर/मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता बढाउनु भएको छ । मलेससियाबाट राजदूत पौडेलले तनहुँ आवाजको मेलमार्फत दिनुभएको सुचना अनुसार राजदूतले मेलेसियामा उच्चस्तरीय भेटवार्ता पछि नेपाल र मलेसिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र अपसीहीतका विषयमा छलफल भएको जानकारी दिनुभएको छ । विशेषतः राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियोे ।
भेटका अवसरमा नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारबिमर्स भएको थियो । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको कार्यन्वयन गर्ने विषयमा सार्थक छलफल भएको थियो । मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि चासो व्यक्त गरिएको थियो । छलफलमा दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्ने बारेमा छलफल भएको राजदूत पौडेलले बताउनु भयो ।
गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उहाँको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ’फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्नुहुनेछ

Related posts

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin

एक वर्ष नबित्दै तेस्रो पटक विश्वासको मत
सबै दलले पुष्टि गरे विकल्प मध्यावधि चुनाव

admin

मतदान केन्द्र

Deepak Joshi