29.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
Uncategorized

गजल

डिल्लीराम घिमिरे शुनपा-५

गायक रोजी रहेछन् गजलहरू
सायर खोजी रहेछन् गजलहरू

रसिला तारूण्य भाव थन्क्याउने
प्रेमका गोजी रहेछन् गजलहरू

असफल प्रेमले घायल भई सबै
त्याग्ने जोगी रहेछन् गजलहरू

ती स्वर्गका अप्सरा जस्तै राम्रो
शृङ्गारका भोगी रहेछन् गजलहरू

सफल र असफल ती तरूणका
प्रेमका रोगी रहेछन् गजलहरू

Related posts

गरिबी निवारणको विकल्प

admin

पत्रकारलाई तालिम

admin

युवा दिवशको सान्दर्भिकता

admin