28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

हाफ म्याराथन सम्पन्न

ऋषिङ्ग/अल्ट्रा म्याराथनको आयोजना गर्ने पहिलो गाउँपालिका ऋषिङ्गले तेस्रो खुल्ला हाफ म्याराथन तथा महिला दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
राष्ट्रिय एकता दिवसको अवसर पारेर पौष २७ मा सम्पन्न प्रतियोगिता मध्ये हाफ म्याराथनमा निर्धारित साढे एक्काईस किलोमिटर दुरी एक घण्टा २९ मिनट १८ सेकेण्डमा पार गरेर ऋषिङ्ग–७ का प्रताप थापा प्रथम भएका छन् । यसैगरी ऋषिङ्ग–८ का विजय आले द्वितिय, ऋषिङ्ग–५ का मोहन कुमाल तृतिय र ऋषिङ्ग–३ का अमृत वि.क. ले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने धावकले क्रमशः ३० हजार, २२ हजार, १५ हजार र दुई हजार नगद पुरस्कार प्राप्त गरे ।
बुधबार नै सम्पन्न दश किमि दुरीको महिला दौड प्रतियोगितामा ऋषिङ्ग–७ कि मनिषा थापा निर्धारित दुरी ४१ मिनेटमा पार गरेर प्रथम भईन । प्रतियोगितामा ऋषिङ्ग–६ कि रश्मि रानाभाट द्वितिय तथा सोही वडाकी सुस्मिता रानाभाट तृतिय र ऋषिङ्ग–३ कि अन्जना चनले सान्त्वना स्थान प्राप्त गरिन् । यो प्रतितियोगितामा प्रथम हुने धावकले नगद रु. २० हजार, द्वितियले १५ हजार, तृतियले दश हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने धावकले नगद दुई हजार प्राप्त गरे ।
प्रतियोगिताको संयोजन गरेका दानबहादुर श्रेष्ठका अनुसार हाप म्याराथनमा ४३ तथा महिला दौडमा १९ धावक सहभागि थिए । यस पटक पालिका भित्रका धावक मात्र सहभागि हुन पाउने व्यवस्था गरिएको जानकारी गराउँदै श्रेष्ठले दुवै प्रतियोगिताको प्रस्थान विन्दु वडा नं. ८ मा रहेको पालिका प्रवेशद्वार तथा हाप म्याराथनको अन्तिम विन्दु ऋषिङ–४ गुम्लेक स्थित कालिका मन्दिर परिषर तथा महिला दौडको अन्तिम विन्दु गाउँपालिकाको कार्यालय रहेको बताए ।
धावकहरुलाई नेका जिल्ला सभापति एवं प्रदेश सभा सदस्य जीतप्रकाश आलले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत धावकहरुलाई बधाई दिंदै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रतियोगिताले शारीरिक तन्दुरुस्तीका अतिरिक्त भाईचाराको भावनाको विकास हुने बताए ।

Related posts

रक्तदाताहरुलाई धन्यवाद -सम्पादकीय

admin

सन् २०५० सम्ममा क्षयरोग मुक्त हुने राष्ट्रिय लक्ष्य

admin

मनपाङमा घुम्ती बैठक सम्पन्न

admin