23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

व्यासको सरसफाई केन्द्र स्थापना निर्णय विवादमा

दमौली/व्यास–१० मंगली गैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग गर्ने नगर कार्यपालिकाको निर्णय विवादमा परेको छ ।
भदौ ७ मा बसेको नगर कार्यपालिकाको बैठकले वडा नं १० स्थित मंगली गैह्रामा सरसफाई केन्द्र स्थापना गर्ने प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग गर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएसंगै स्थानीयले यसको विरोध गरेकाहुन् ।

संकेतिक तस्विर

स्थानीय रामजी तिमल्सिना सरसफाई केन्द्र स्थापनाले स्थानीयको स्वास्थ्यमा पार्ने असर लगाएत दीर्घकालमा पर्न सक्ने अन्य असरहरु बारे स्थानीयहरुसंग कुनै छलफल नगरी अचानक निर्णय गरिएको बताउँछन् ।
नयाँ वस्तीका वासिन्दाले सोही स्थानबाट लिफ्टिङ गरि पानी लगेर खाने गरेको उल्लेख गर्दै तिमल्सिना प्रश्न गर्छन्, यस्तो अवस्थामा नगर पालिकाले त्यहाँ कसरी सरसफाई केन्द्र स्थापना गर्न सक्छ ? नगरपालिकाको निर्णय आश्चर्यजनक र आपत्तिजनक रहेकोभन्दै उनी वडामा कुनै छलफल नै नगरी यस्तो निर्णय गर्नुमा कुनै स्वार्थ समूहको स्वार्थ लुकेको हुनसक्ने बताउँछन् । नपाको निर्णय विरुद्ध व्यास १० का नागरिक प्रतिवादमा उत्रनु पर्ने उनको तर्क छ ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष समेत रहेका स्थानीयवासी उज्जल पौडेल यो निर्णयका विरुद्ध सशक्त प्रतिरोधमा उत्रनु पर्ने बताउँछन् । चारै तिर घना वस्तीले घेरिएको सिमसार क्षेत्रमा डम्पिङ साइट बनाउने नपाको प्रस्ताव खेदजनक भएको भन्दै पौडेलले धेरै वस्तीको खानेपानीको मुहान समेत भएको उक्त क्षेत्रमा फोहर थुपारेर स्थानीयको स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउँछन् ।

Related posts

स्वागत तथा बधाई ज्ञापन

admin

साधन पुस्तिका हस्तान्तरण

admin

व्यास र आबुँमा सार्वजनिक सुनुवाई

admin