Tanahun Awaj
समाचार

फेरी बढ्दै कोरोना संक्रमण

दमौली/२०१९को अन्त्य तिर देखापरेको कोभिड–१९ को संक्रमणमा निरन्तर उतार चढाब कायम छ ।यो साता कोभिड संक्रमण फेरी उकालो लाग्न थालेको छ । साताको पहिलो दिन गत विहिबार २.१ प्रतिशत रहेको संक्रमण दर साताको अन्तिम दिन बुधबारसम्म उकालो लागेर ६.५ प्रतिशत पुगेको छ । गत विहिबार ३ हजार ५१५ जनामा परिक्षण गरिएकोमा ७८ जनामा संक्रमण देखिएको थियो । तर बुधबार ३ हजार १७५ जनामा परिक्षण गरिएकोमा २०६ जनामा संक्रमण देखिएको हो । गत शुक्रबार ४.५ प्रतिशत रहेको संक्रमणदर शनिबार र आइतबार दुबैदिन ३.९ प्रतिशत रहेको भएपनि सोमबारबाट फेरी बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार संक्रमण दर ५.५ तथा मंगलबार ५.६ प्रतिशत पुगको थियो ।

Related posts

विद्यालय सरसफाइमा अभिभावक चासो

admin

व्यास दलित पुरोहित समाजको सार्वजनिक रक्षाबन्धन कार्यक्रम

admin

नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए

admin