Tanahun Awaj
Uncategorized

असार र बाँझा खेतहरु

रामकुमार श्रेष्ठ “फुच्चे” सुर्यपाल, लमजुङ
हाल –दमौली

वर्षेनी गाउँका बाँझा खेतहरुले
ठूटे हलो र भुत्ते कोदाली सगै
परिवर्तनको आशामा असारे माहोल अगाल्दा
ताछिन्छन् अनि थपिन्छन हरपल आलीहरु
जोतिन्छन अनि रोपिन्छन हरक्षण बाँझा खेतहरु
किसानी दाईको सुन फलाउने अद्भुत सपना
काँचुली फेर्न नसकेको असार र बाँझा खेतहरु
वर्षेनी आउछ जान्छ कैयौंपटक यसैगरी
सुनको बदलामा किसानी दाईलाइ बैगुन
पटक्कै जेजति खनजोत र मलजलमा पनि
झारपात र किराको उपस्थिती मौसम र प्रकोपको बिगबिगी
हर समय मुहाने गरामा कुलो सोझ्याउदै गर्दा
खेतका प्रत्येक आलीमा डुल्दैगर्दा
सहनै नसक्ने गरि भक्कानिन्छ किसानी दाइ
मेहनत र पसिनाको बदलामा
केवल दुख कष्ट आपत र बिपद् मात्रै
किन खै किन फेरिन नसकेको असार अनि बाँझा खेतहरु
फेरिन नचाहेको परिस्थिति र परम्पराहरु
आजसम्म कैयौंपटक आयो गयो कैयौं असारहरु
कैयौं असारहरु सदासदा आली र हिलो र झरिमा
उही पुरातन परिस्थिति उहीँ अभाव र सम्भावना ।।

Related posts

स्थानीय कि सङ्घीय, सुन्ने कस्को ?

admin

राहत वितरणमा जे देखियो

admin

कार्टुन

admin