28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

चितुवा आक्रमणबाट बालिका घाईते
दमौली/व्यास नगरपालिका वडा नं. १२ की साढे दुई बर्षिया बालिका आईतवार साँझको चितुवा आक्रमणबाट घाईते भएकी छन् । घरको पिंढीमा बसेर खाना खाँदै गरेकी अनुस्का परियारलाई चितुवाले आक्रमण गरेको थियो । आमाको साथैमा रहेकी बालिकालाई चितुवाले झम्टेर २० मिटर पर पु¥याउन सफल भएपनि हिम्मतीली आमा २९ बर्षिया मधु परियारले चितुवाको मुखबाट छोरीलाई खोसेर बचाएकी थिईन । अनुस्काको चिउँडो, छाती र घाटीमा चोट देखिएको छ । आईतबारै दमौली अस्पतालमा उपचार गराएकी अनुस्काको स्वास्थ्य अवस्थामा सुधार आएको पारिवारिक स्रोतले जनाएको छ । मानवबस्ती वरपर चितुवा आउने क्रम बढेकाल सजग हुन सचेत हुन वन डिभिजन तनहुँले अनुरोध गरेको छ ।

Related posts

ऋषिङमा सदृढिकरण

admin

प्रविधिमैत्री शिक्षाको आशा

admin

आवासीय किरियापुत्री भवन निर्माण सम्पन्न

admin