20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

भलिबल संघको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व

दमौली/तनहुँ जिल्ला भलिबल संघको तेस्रो अधिवेशनले असार ७ गते नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले पुनः पदमबहादुर सुनारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको
छ । अधिवेशनले संघको दुई उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ र लक्ष्मण गुरुङ्गलाई सर्वसम्मत निर्वाचित गरेको छ । महासचिवमा अशोक गिरी र कोषाध्यक्षमा विमल गुरुङ सर्वसम्मत भएका
छन् । संघको सदस्यहरुमा चक्र कुवँर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साललाई चयन गरेको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापालाई चयन गरेको छ ।
गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिताउन सफल भएका कारण अध्यक्षमा पदम सुनार र महासचिवमा अशोक गिरीले पुनः अवसर पाएको खेलाडिहरु बीच चर्चा विषय बनेको थियो ।

Related posts

पाँचदिने तालिम आज सम्पन्न

admin

उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै

admin

तनहुँमा उद्यमशीलले लियो अग्रता

admin