23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

गरिबको धन जुँगा

छविदीप आले [email protected]

आजको आलेखको शुरुवात सामाजिक सञ्जालमा भेटिएको एउटा लघुकथा साभार गरेर गर्न चाहन्छु ।
उहिले राजा महाराजाको पालामा एक जना सिपाहिलाई जुँगा पाल्न रहर लागेछ । पाल्न थालेछ । जुँगा पाल्न थालेको केहि समय पछि एकदिन राजाको दृष्टि ऊ माथि परेछ । जुँगाको दुबै छेऊ सरक्क बटारिएर माथि तर्फ फर्केको बाक्लो, कालो, चिल्लो जुँगा राजालाई पनि मन परेछ । राजा महाराजा सम्राटहरुले पाल्ने गरेको जस्तो जुँगा, एउटा सिपाहिले पालेको देख्दा राजालाई बडो नम्र बडो कौतुहलता लागेछ र सिपाहिलाई बोलाएर जुँगा पाल्नुको कारण सोधनी भएछ । सिपाहिले बडो नम्र भएर भनेछ ‘के गर्नु महाराज गरीबको धन जुँगा ।’ भनि उत्तर दिएछन् । राजालाई सिपाहिले दिएको उत्तर बडो मजाको लागेछ र तुरुन्तै उसलाई सिपाहिबाट हबल्दारमा बढुवा गराईएछ । केहि समय पश्चात् एक दिन राजाले परेडमा विचार गर्दा सबै सिपाहिहरुले जुँगा पालेको देखेछन् र सबैले किन जुँगा पालेको भनेर
सोधेछन् । सबै सिपाहिशरुले एकै स्वरमा जवाफ दिएछन्, महाराज गरीबको धन जुँगा । उत्तर सुनेपछि तत्काल महाराजले आदेश दिएछन् यि सबैको जुँगा तातोपानी हालेर खुईल्याईदिनु ।
सामाजिक सञ्जालमा भेटिएको यो लेख नेपालको वर्तमान राजनीतिक अवस्थासँग बडो मिल्दोजुल्दो लाग्यो । त्यसैले पनि यो लेखलाई यहाँ साभार गरेको हुँ । यदि मेरो अनुमान गलत छैन भने यो छोटो लेखको लेखकको व्यङ्ग्यको तिर पनि नेपालको वर्तमान राजनीति तर्फ नै सोझिएको छ । अर्थात् रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टि ।
समय र परिस्थितिले गर्दा राजनीतिमा आउन बाध्य भएको बताउँदै लामो समयसम्म राष्ट्रिय स्तरमा पत्रकारीता गरेका पत्रकार एवं सञ् चारकर्मी रवि लामिछानेले औपचारीक रुपमै राष्ट्रिय स्वतन्त्र पाटि नामको राजनीतिक पाटि खोलेका छन् । कतिले उनको यो कदमलाई सहि भनेका छन् त कतिले गलत । सहि वा गलत भन्नेहरुसँग विश्लेषण गर्ने आ–आफ्नो तर्कहरु होलान् । तर यो आलेख रवि लामिछानेले राजनीतिमा प्रबेश गर्नु सहि वा गतल भनेर तर्क गर्नको लागि भनेर लेखिएको होइन बरु पत्रकारितामा राम्रो छवि बनाईसकेका रवि लामिछाने राजनीतिमा आउँदै गर्दा उनि राजनीतिमा आउनुको कारणको अनुमान, नयाँ राजनीतिक पाटिहरु खोलिदै गर्दा हिजोको परिदृश्य र रवि लामिछानेले भावि दिनमा सामना गर्नुपर्ने सम्भावित चुनौतीहरु र देखिन सक्ने दृश्यहरुको अड्कल चाहिँ हो ।
व्यक्तिगत रुपमा पङ्तिकार स्वयम् पनि रवि लामिछानेको पत्रकारिताको प्रशंसक हुँ । नेपाली राजनीतिमा चलिरहेको धेरै फोहोरी खेलहरुको पर्दाफास गरेका छन् उनले । बेथिति र बिसँगति बिरुद्ध आवाज उठाएका छन् । तर अब आफैँ राजनीतिमा होमिईसकेपछि राजनीतिक वृत्तमारहेको फोहोर र मौलाउँदै गरेको विकृति र विसँगतिलाई सफा गर्न लागि पर्छन् या आफैँ त्यस्तो वातावरणमा रमाउन अभ्यास हुँदै जान्छन्, विचार गर्नुपर्ने कुरा यहाँनेर छ । अहिलेलाई यति भनौं राजनीतिमा विकृति फैलियो, नेताहरुले देश बिगारे, सिध्याए भनेर आवाज उठाउने पत्रकार रवि लामिछानेलाई तत्कालको लागि नेताहरुलाई गाली गर्ने ढोका बन्द भएको छ किनभने उनि अब पत्रकार रहेनन् उनि पनि राजनीतिक पाटिको नेता भइसके ।
रवि लामिछाने औपचारीक रुपमै राजनीतिमा होमिनुको कारण के हो ? उनले भनेको राजनीतिमा आउन बाध्य पार्ने समय र परिस्थिति कुन
हो ? के उनि स्थानिय निर्वाचनमा काठमाडौं महानगरको मेयर बालेन्द्र शाहको जीत देखेर हौसिएर राजनीतिमा आएका हुन् या राजनीतिमा आउने योजना नै थियो ? रवि लामिछानेको यो कदम सिंहदरबारमा गलत मान्छेको प्रबेश रोक्ने प्रयास हो या पत्रकारिताबाट कमाएको नामको आधारमा आफैं सिंहदरबार छिर्ने चाहना ? रवि लामिछानेले नयाँ राजनीतिक पाटि खोल्दै गर्दा यि र यस्तै खालको प्रश्नहरु पङ्तिकारको मन मस्तिष्कमा घुमिरहेका
छन् ।
माथि उल्लेख गरिएमा प्रश्नहरु गर्दै गर्दा व्यक्तिगत रुपमा लामिछानेको क्षमता र व्यक्तित्व प्रति मेरो नकरात्मक टिप्पणी होइन तर राजनीतिमा आउनको लागि उनले गरेको विश्लेषण कतै गलत त भएन भने आशङ्का चाहिँ हो । यहि रवि लामिछाने बालेन शाहको जीतबाट हौसिएर राजनीतिमा आएका हुन् भने उनको यो विश्लेषण र आँट गलत पनि सावित हुन सक्छ । किनभने बेशक नेपाली जनताले नेतृत्वको परिवर्तनमा चाहना राखेका छन् । तर रवि लामिछानेको हालत कथामा जुँगा पालेर बढुवा भएको साथीको सिको गर्ने सिपाहिको जस्तै नहोला भन्न पनि त सकिन्न र अर्को कुरा स्वतन्त्र उम्मेदवारी दिनु र आफ्नो पाटिको नाम स्वतन्त्र राखेर राजनीतिमा जोडिनु फरक कुरा हो ।
रवि लामिछानेको वर्षौ पत्रकारितालाई अध्ययन गर्ने हो भने व्यक्तिगत रुपमा उनको क्षमता माथि प्रश्न गरिराख्नु आवश्यक छैन । तर राजनीतिमा आउने उनको निर्णय पूर्णरुपमा ठिक होइन कि भन्ने चाहि पङ्तिकारलाई सन्देह छ । मैले माथि नै उल्लेख गरिसके निसन्देह नेपाली जनताले नेतृत्वमा परिवर्तनको चाहना राखेका छन् तर यसको अर्थ यो होइन कि नेपाली जनताले नयाँ राजनीतिक दलको आवश्यकता महशुस गरेका छन् ।
यदि चुनावी परिणामले आफ्नो उद्देश्यलाई केहि फरक नपर्ने दृढताको साथ, निरन्तर रुपमा राजनीतिमा बढिरहेको विकृतिलाई रोक्ने उद्देश्य लिएर राजनीतिमा होमिएका हुन् भने चुनावमा जित हार जे भएपनि त्यसले रविलाई फरक नपर्ला तर पत्रकारिताबाट कमाएको नामको आडमा राजनीतिमा जम्ने र संसद भवन छिर्ने गुह्द चाहना मात्र बोकेर राजनीतिमा आएको हो भने रवि लामिछानेलाई यो दाऊ महङ्गो पनि पर्न सक्छ ।
रवि लामिछाने जत्तिको मानिस यसै लरोतरो तालले राजनीतिमा होमिन आई पुगेको त पक्कै होइन होला । त्यसैले आशा छ राजनीतिमा आउनु पूर्व पक्कै पनि उनले वैकल्पिक शक्ति भनेर गठन गरिएका विवेकशील र साझा पाटिहरुको नियतीको बारेमा राम्रैसँग अध्ययन गरेका होलान् । रबिन्द्र मिश्र र रञ्जु दर्शनाहरुसँग पनि पक्कै सरसल्लाह र परामर्श गरे होलान् ।। दशकै लामो जनयुद्धको हाइकमाण्डरहरु मध्ये एक भनेर चिनिने बाबुराम भट्टराईको नयाँ शक्ति पाटिको उदय र विलयको कथालाई उनले राम्रोसँग अध्ययन गरेका छन् भन्ने आशा छ ।
् शिक्षित र सक्षम युवाहरुले राजनीतिमा प्रबेश गर्नु परिवर्तनको राम्रो सूचक हो । तर हामीले के पनि भुल्नु हुँदैन जङ्गलमा पहाडै थर्काउने गरी गर्जने नभुलुन् । जङ्गलमा शिकार गरेर सिङ्गै माग सोहोर्ने बाधले चिडियाघरमा आफ्नो भागको मासु खाएर सुतेर दिन काटे जस्तो हविगत नबनोस् रवि लामिछानेको राजनीतिमा मान्छेको बोलीलाई मथ्थर पार्न सक्ने अचम्मको जादु हुँदो
रहेछ ।
हिजो हर एक कुरामा हिसाब किताबको खोजी गर्दै गर्जने ज्ञानेन्द्र शाहि राजनीतिक पाटिको सदस्यता लिए यता खासै गर्जिएको सुनिदैन । टेबल ठटाउँदै स्वरै सुक्लाझै गरी कराउने नेता र संसदहरु रातारात चुप लागेका धेरै उदाहरणहरु छन् । तिनैको वीराद्रीमा मन्त्री नहुन रवि । अन्तमा पत्रकारिताबाट कमाएको नाम राजनीतिमा लागेर लिलाम नहोस् । राजनीतिक यात्राको शुभकामना ।

Related posts

“बनाना रिपब्लिक” नेपाल

admin

खान्की न बान्कीको मारमा शिक्षक

Deepak Joshi

जसरी पनि राजा र राजसंस्थाको चर्चा
शालीक पुनःस्थापनाप्रति फाल्नेहरु नै सकारात्मक

admin