28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शिक्षक नायक गोष्ठी

दमौली/जिल्लास्तरीय शिक्षक नायक गोष्ठी आईतबार आदिकवि भानुभक्त क्याम्पस दमौलीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश सभापति सूर्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित गोष्ठीको आयोजना नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले गरेको थियो भने युवा रेड्क्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसले सो आतिथ्यता गरेको थियो ।
आदिकवि भानुभक्त क्याम्पस युवा रेडक्रस सर्कल संरक्षक महाप्रसाद हड्खलेबाट आमन्त्रित अतिथिहरुको स्वागत गर्नुभएको थियो । जिल्लाभरबाट ४६ वटा विद्यालयका शिक्षक नायकहरुको सहभागिताले गोष्ठिको सफलतालाई पुष्टि गरेको आयोजकको दावी रहेको छ ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले सम्बोधन गर्नुभएको सो गोष्ठीको उद्देश्य र प्रभावकारीताको बारेमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखा अन्तरगत जुनियर तथा युवा सर्कल संयोजक तथा शाखा सदस्य शुशलि नरालले प्रकाश पार्नुभएको थियो । गण्डकी प्रदेश संयोजक रामदत्त पौडेलले गोष्ठीमा सहभागि शिक्षक नायकहरुको काम कर्तब्य र भूमिका बारेमा सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीको अध्यक्षता आतिथ्यता गर्ने आदिकवि भानुभक्त क्याम्पस युवा रेडक्रस सर्कल सभापति सुनिता तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सविन लामिछानेले गर्नुभएको थियो ।

Related posts

मृगौला पीडित महिलालाई तनहुँ समाज हङकङ र मुलाबारीका युवाहरुको सहयोग

admin

इन्टरनेटः प्रविधि र मानव मूल्यबीचको सन्तुलन

Deepak Joshi

तनहुँमा पनि ११६औं नारी दिवस

Deepak Joshi