33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

उम्मेदवार छनौट गर्ने सकसमा रहेका गठबन्धन दलले चलाए चुनाव सार्ने हल्ला

मुलुक स्थानीय तहको निर्वाचनमा होमिई सकेको छ । निर्वाचनको तयारीका लागि हुने खर्चको असी प्रतिशत रकम खर्च भैसकेको छ । बहुदलीय प्रतिष्पर्धाको राजनीतिका लागि १४÷१५ जेल बसेको त्याग र समर्पणको कथा सुनाउने नेताहरु बहुदलीय प्रतिष्पर्धाको सिद्धान्त विपरित गठबन्धनको प्रलाप गरिरहेका छन् । गठनबन्धनको प्रलापसंगै बैशाख ३० गते हुने निर्वाचनका लागि बैशाख ११ गते मनोनय गर्नुपर्ने उम्मेदवारको छनौट गर्न अझै सकेका छैनन् ।
उम्मेदवारको नाम गोप्य राख्न भन्दै सर्कुलर जारी गरेर स्थानीय तहमा नेतृत्व गर्न आकाँक्षीहरुलाई अलमल र भुलभुलैयामा राखेर गठबन्धको नीति अवलम्बन गरेर निर्दलीय चरित्रको चुनावी अभ्यासमा मुलुकलाई जवरजस्ती धकेली रहेका छन् । चुनाव सार्ने हल्लाले बैशाख ३ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने निर्णयलाइ ओझेलमा पारेको छ ।

एउटै पदमा धेरै आकाँक्षी देखिएपछि व्यवस्थापन गर्न नसकेका गठबन्धन दलका नेताहरुले एमालेले उम्मेदवार चयनको पालिकास्तरको कार्यविधि पुरा गरिसक्दा गठबन्धन दलको उम्मेदवार चयन झनै सकस बन्दै गएको छ । उम्मेदवारको दरखास्त हाल्न जानेका लागि मात्रै थाहा जानकारी दिएर अरुलाई भुलभुलैमयामा राखेर आन्तरिक विद्रोहलाई मथ्थर पार्न खोजेको आभाष आकाँक्षीहरुलाई हुन थालेको छ । टिकट पाउने आशैआशमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय पनि लिन नसक्ने, अर्को पार्टीको टिकट वा समर्थन लिएर विद्रोह गरेर उठ्न पनि नभ्याउने गरी भुलभुलैमा राख्ने षड्यन्त्र नेतृत्वपंक्तिले गर्न खोजेको देखिन्छ ।

अझ सजिलो बाटो नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता कार्यकर्ता विरुद्धमा लागेको सबै मुद्धा फिर्ता लिएर, बैशाख ३० गतेको चुनाव पछाडि सारेरै भएपनि सो समूहलाई चुनावमा भाग लिने मौका दिने चर्चाहरु चल्न थालेको छ । निर्वाचनमा भाग लिन दिने सवाल सकारात्मक भएपनि त्यसभित्रको मुख्य रहस्य निर्वाचन बैशाख ३० गते नगर्ने रहेको बुझिन्छ । चुनाव पछि सार्ने सवालमा सत्तापक्षीय पाँच दलीय गठबन्धन बीच करिब करिब सहमति भैसकेको चर्चाले आमनागरिकमा चुनाव हुने हो वा बीचमा स्थगित हुने हो आशंका र द्विविधा बढाएको छ ।

चुनाव सार्ने हल्ला चलेपनि कहिलेसम्मका लागि सार्ने भन्ने एकिन छैन । चुनाव सार्दा संवैधानिक संकट आउने, गठबन्धनको संस्कारले बहुदलीय प्रतिष्प्रधाको पद्धतिलाई अस्विकार गरेको, दलीय सिद्धान्त र निष्ठा समाप्त भएको सन्देश जाने अवस्था सिर्जना भएको छ । स्थानीय तहको अस्तित्व समाप्त पारेर राजनीतिक दुर्घटनालाई आमन्त्रण गरेको आशंका बढ्न थालेपछि राजनीतिक आर्दश, मूल्य, मान्यता र निष्ठाका लागि सबै स्वार्थ त्याग गरेर समर्पित भएका राजनीतिक चेतना भएका नेता कार्यकर्ता चिन्तित देखिन थालेका छन् ।

Related posts

व्यासको सकारात्मक थालनी-सम्पादकीय

admin

गणतन्त्र दिवसमा बालबालिकाको हार्ट स्क्रिनिङ

Deepak Joshi

तनहुँमा दुइलाख ५४ हजार बढी मतदाता-सबैभन्दा बढी व्यास र सबैभन्दा कम देवघाटमा

Deepak Joshi