19.9 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

गजल

रामकुमार श्रेष्ठ “फुच्चे” सुर्यपाल, लमजुङ
हाल –दमौली

मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।
मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा ।।

तिमी छदा मेलापात भारापर्म सबथोक चल्थ्यो,
मुग्लानपस्यौ खेतबारीमै मकैधान छ फर्क युवा।

जन्तीअनि मलामजाने युवाछैनन् अचेलगाऊमा,
बुढापाका सबमा तिम्रो गुणगान छ फर्क युवा।

थला पर्यो ढिकीजातो दमका रोगी आमा सगै,
सबका सामू समय नै बलवान छ फर्क युवा।

चाडवाडमा चहलपहल भट्टिहोटल ऊस्तै हुन्न,
कतिपिऊछौ रोजीछाडी तानातान छ फर्क युवा।

Related posts

पहिरो पिडितलाई राहत

admin

जनअपेक्षाको कसीमा ओली सरकारको एकवर्ष

admin

स्थायी शिक्षक हकहित मञ्च

admin