23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

छोडपत्र माग्ने पत्निलाइ अंश

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
छोडपत्र अर्थात सम्बन्ध विच्छेद माग्ने पत्निले अंशमा दावा गर्न पाईदैन भन्ने भ्रम केही घरेलुहिंसा पिडित महिलालाई पारिएको गुनसाहरु आएको छ । लोग्नेले सम्बन्ध विच्छेद मागे पत्निले अंश पाउने । पत्निले सम्बन्ध विच्छेद मागे पतिसंग अंश माग गर्न नपाउने भन्ने खालको गलत सन्देश समाजमा गएको पाईन्छ । विशेष गरी सम्बन्ध विच्छेद गर्दा अंश दिनु नपर्ने प्रावधानले यो भ्रम सिर्जना गरेको छ ।
कानुनको यथार्थ धरातलः
पतिले सम्बन्ध विच्छेद माग गर्न पाउने अवस्थाका केही आधारमा पतिले सम्बन्ध विच्छेद माग्दा पत्निले अंश नपाउने हो । तर पत्निले अंश माग्न पाउने अवस्थामा अंश दिनै पर्ने कानुनी व्यवस्था छ । त्यसैले पत्निले सम्बन्ध विच्छेद माग्दा अंश पाइन्छ । कानुनले अंश दिएर मात्रै सम्बन्ध विच्छेद गराउनु भनेको छ ।
अंश दिन नपर्ने अवस्थाः
पत्नीको कारणबाट पतिले सम्बन्ध विच्छेद माग्न पाउने अवस्थामा माग गर्दा सम्बन्ध विच्छेद हुने भएमा पत्नीले अंश नपाउने हो । जस्तो–पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएको अवस्थामा पतिले सम्बन्ध विच्छेद मागेमा त्यस्तो अवस्थाप्रति न्यायाधीश सहमत भएमा अंश दिनु नपर्ने गरी सम्बन्ध विच्छेद हुने हो । पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जालप्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा अंश दिनु नपर्ने हो ।
अंश दिन पर्ने अवस्थाः
पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नि बीचको अंशबण्डा गर्न लगाउनु पर्नेछ । पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्था भन्नाले पत्निले सम्बन्ध विच्छेद माग्न पाउने अवस्था हो । त्यसैले पत्निले सम्बन्ध विच्छेद माग्दा अंश पाउनु पर्दछ ।
व्यवहारिकताको न्यायः अदालती अभ्यासमा पत्निले अंश नपाउने गरी सम्बन्ध विच्छेद भएको थाहा जानकारीमा आएको छैन । कुनै पनि सञ्चार माध्यमबाट चर्चामा आएको छैन । व्यवहारिकताको कुरा गर्दा त पतिले मागेको कारणबाट सम्बन्ध विच्छेद भएका विरलै उदाहरणहरु पाईन्छ । शुरु शुरुमा बृद्धबृद्धा बीचमा पनि पत्नीको इच्छा विपरित सम्बन्ध विच्छेद भएको शुरु तहका निर्णयहरु सुनिन्थ्यो । तर पछिल्ला दिनहरुमा थाहा जानकारीमा आएको छैन ।
निष्कर्षः
पतिको कारणबाट सम्बन्ध हुन विच्छेद खोजेको हो कि पत्नीको कारणबाट सम्बन्ध विच्छेद हुन खोजेको हो भन्ने समस्याको पहिचान गरेर न्याय निरुपण गर्न तर्फ न्यायमूर्तिहरुको ध्यान जाँदा मात्रै कानुनको उद्देश्य पुरा
हुन्छ । छोडपत्र गम्भिर सवाल बन्दै गएको अवस्थामा आधार र कारण सहितको न्याय सम्पादन गर्ने तर्फ न्यायाधीश सम्मेलन सार्थक बन्न सकोस् ।

Related posts

मिले माओवादी, समाजवादी लगाएतका आठ दल

admin

प्रश्न हराउँदै गएको पत्रकारिता

admin

१९ औं लोकतन्त्र दिवस-सम्पादकीय

admin