Tanahun Awaj
समाचार

आठौं दिनमा आठौं महोत्सव

दमौली/तनहुँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको आठौं तनहुँ महोत्सव आज आठौं दिनसम्म भव्य र सभ्य रुपमा सञ्चालन भैरहेको छ ।
आजको आकर्षणका रुपमा कलाकारहरु अस्मीता अधिकारी, प्रकाश सपुत र सुमन कोइराला रहेका छन् । साथै बेलुका सात बजे सविन राईको कन्सर्ट हुने छ ।
महोत्सवको सातौं दिन करिब बीस हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकको दावी रहेको छ । ज्योति मगरको कला र गलाबाट झुम्मिएका दर्शकहरुले फर्कने बेलामा घरयासी किनमेलमा समय खर्चेका थिए ।
सातौं दिनको आर्थिक कारोवार करिब रु.२५ लाख बराबरको भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।

Related posts

लोककल्याणमा आँबुखैरेनी अगाडी-सम्पादकीय

admin

ओलीलाई दुइतिहाइ सांसदको समर्थन: पुरानै नारा, कार्यान्वयन हुनेमा आशंका

admin

वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता

admin