22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

ओमिक्रोन संक्रमण १ प्रतिशत भन्दा कम

दमौली÷छिमकी चीन लगाएत विश्वका कतिपय देशमा कोरोनाको चौथो भेरियण्ट डेल्टाक्रोनको संक्रमण बढीरहँदा नेपालमा भने ओमिक्रोनको संक्रमण दर एक प्रतिशत भन्दा कममा झरेको छ ।
यो साता गत सोमबार सबैभन्दा धेरै संक्रमण दर दशमलब ९४ प्रतिशत रह्यो । उक्त दिन ४ हजार ७५२ कुल परिक्षण मध्ये ४५ जनामा संंक्रमण देखिएको थियो भने सबैभन्दा कम गत शनिबार दशमलब ३७ प्रतिशत रह्यो ।
शनिबार कुल ४ हजार ५४३ परिक्षण मध्ये १७ जनामा मात्र संक्रमण देखिएको थियो । औसत संक्रमणदर भने यो साता दशमलब ७१ प्रतिशत रह्यो । यो साता भएका कुल ३५ हजार ९८७ परिक्षण मध्ये दुइसय ५९ जनामा संक्रमण पुष्टी भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो साता दुइहजार तीनसय संक्रमित संक्रमण मुक्त भएका छन् । साता भरमा एक जनाको मात्र कारोनाका कारण मृत्यु भएको जनाएको मन्त्रालयले यो साता चार लाख ३७ हजार ११६ जनाले कोरोना विरुद्धको खोप लगाएका जनाएको छ । हाल सम्मको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा ९ लाख ६३ हजार ८६१ जना संक्रमण मुक्त भएका छन् । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको
छ ।

Related posts

सहकारी विषयमा संसदीय छानबिन समिति, समयमा र सही छानबिन होला ?

admin

किसानको मेहनत कुहेर नष्ट

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi