31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

चौथो चरणको चौथो दिन

दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो कार्यकर्ता भेटघाटलाई सञ्चालन गरेको चौथो चरणको कार्यक्रम अन्तरगत बुधबार तेस्रो दिन सम्पन्न भएको छ ।
वीपी विचार समाज भानुनगरपालिकाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको क्रममा बुधबार भानुको भन्सारमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका नेता जोशी तनहुँको दशवटै पालिकामा पुग्ने कार्यक्रम रहेको
छ । नौ गते व्यास नगरपालिका, दश गते शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा र ११ गते भानु नगरपालिकाको भन्सारमा आयोजित कार्यक्रममा देखिएको जनसहभागिताले जोशीको अभियानप्रति आमजनताको आकर्षण बढेको देखिन्छ ।
चौथो चरणको चौथो दिन बाह्र गते म्याग्दे, १३ गते आँबुखैरेनी, १४ गते घिरिङ्ग गाउँपालिकाको कार्यक्रममा जोशीको सहभागिता रहनेछ । त्यसैगरी १५ गते ऋषिङ्ग, १७ गते भिमाद, १८ गते बन्दिपुर र १९ गते देवघाटको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related posts

दमौली सभागृहको राष्ट्रपति पौडेलद्वारा उद्घाटन

admin

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin

पत्रकार कल्याणकारी कोषमा थपियो रकम

admin