Tanahun Awaj
समाचार

घाँसीकुवा सभापतिमा पन्थ

देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी पन्थको सभापतित्वको नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले उपसभापतिमा विजया खनाल, सचिवमा विज्ञान कैनी, कोषाध्यक्षमा हर्कबहादुर कार्कीलाई सर्वसम्मत निर्वाचित गरेको छ । त्यसैगरी उपसचिवमा श्यामकृष्ण लोहोनी, उपकोषाध्यक्षमा रमेशराज शर्मा, र महिला सदस्यमा इनकन खनाललाई सर्वसम्मत निर्वाचित गरेको छ । ११ जना सदस्यीय समितिमा बाँकी चार जना सदस्यमा इ.दिर्घबहादुर थापा क्षेत्री, रामराज न्यौपाने, कृष्णचन्द्र पाण्डे, रुद्रनिधि नैनावस्ती निर्वाचित हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाईती तनहूँ शाखाका उपसभापति एवं निर्वाचन अधिकारी ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा विशिष्ठ अतिथि व्यास–१३ का वडाध्यक्ष तोत्रबहादुर कुँवर, नेरेसो गण्डकी प्रदेश प्राथमिक उपचार संयोजक कृष्णचन्द्र पाण्डे, समाजसेवी वेदनाथ कैनी, पूर्व सभापति रुद्रनिधि नैनावस्ती, इनकन खनाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सभापति दुर्गानिधि लोहोनीको सभापतित्वमा भएको छैटौ अधिवेशन तथा २४ साधारण सभाले संस्थाको लेखापरिक्षण प्रतिवेदन तथा प्रगति प्रतिवेदन अनुमोदन गरेको थियो । कार्यक्रमको सञ्चालन सदस्य रामजी लामिछानेले गर्नुभएको थियो भने स्वागत विशिष्ठ सदस्य रामराज न्यौपानेले गर्नुभएको थियो ।

Related posts

दोस्रो पटक धरौटीमा रवि

admin

पत्रकार महासंघको २७औं महाअधिवेशनको सरगर्मि बढ्यो

admin

दमौली बजारको ट्राफिक सुधारको निर्णय, हात्ती आयो फुस्सा

Deepak Joshi