18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक

दमौली/प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गिकरणको नजिता सार्वजनिक गरेको छ । आइतबार काउन्सिलले देशभरका पत्रपत्रिकाको आ. व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ ।
नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९, ‘ख’ वर्गमा ४७६, ‘ग’ वर्गमा १३७ र ‘घ’ वर्गमा १५ पत्रपत्रिका परेका छन् भने नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् । साथै, आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २३९ परेका छन् भने ‘ख’ वर्गमा ४३१ र ‘ग’ वर्गमा १६३ परेका छन् साथै नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन् ।

त्यस्तै, दुबै आर्थिक वर्षमा तनहुँका १४ पत्रपत्रिकाहरु वर्गिकरणमा परेका छन् । आ.व. २०७५/०७६ मा २ पत्रिका वर्ग ‘क’ मा, १२ पत्रिका वर्ग ‘ख’ परेका थिए भने आ.व. २०७६/०७७ मा १ पत्रिका मात्र वर्ग ‘क’ र १३ पत्रिका वर्ग ‘ख’ मा परेका छन् ।

Related posts

तनहुँ १ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

Deepak Joshi

गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन

admin

आलोपालोमा पायो सत्यवतीले प्रधानाध्यापक-प्रतिष्पर्धामा अब्बल पुष्पकलाको बल्ल पदस्थापन

admin