28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

शिक्षक बढुवाको विज्ञापन प्रकाशित

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको बढुवाको विज्ञापन प्रकाशित गरेको छ ।
माघ १२ मा प्रकाशित विज्ञापन अनुसार प्रथम र द्वितीय श्रेणीमा रिक्त रहेका शिक्षक पदहरु आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाद्वारा पूर्ति गर्न विज्ञापन गरिएको हो ।
फागुन १२ गतेसम्म आवेदन दिन सकिने आन्तिरिक प्रतियोगितात्मक परीक्षाको आधारमा हुने बढुवाको गण्डकी प्रदेश भित्रका उम्मेदवारको परीक्षा चैत्र २१ गते कास्कीमा हुनेछ । अनलाईनका माध्यमबाट आवेदन दिनुपर्ने यो परीक्षाबाट तनहुँका ७ शिक्षक प्राथमिक द्वितीय, २ जना प्राथमिक प्रथम तथा २ जना निम्न माध्यमिक द्वितीय र ३ जना माध्यमिक द्वितीयमा बढुवा हुनेछन् ।
कार्य सम्पादन मूल्याङ्कनको आधारमा बुढुवा हुन चाहने शिक्षकले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा गएर फागुन १७ सम्म आवेदन दिन सक्नेछन् ।
कार्यसम्पादन मूल्याङ्कनका आधारमा तनहुँका २१ शिक्षक प्राथमिक द्वितीय, ४ जना प्राथमिक प्रथम, ५ जना निम्न माध्यमिक द्वितीय, ३ जना निम्न माध्यमिक प्रथम, ७ जना माध्यमिक द्वितीय तथा ३ जना माध्यमिक प्रथममा बढुवा हुनेछन् ।
कार्य सम्पादन मूल्याङ्कन तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका आधारमा बढुवाका लागि २०७७ चैत्र मसान्तसम्म हाल कार्यरत रहेको श्रेणीमा पाँच शैक्षिक शत्र नोकरी अवधि पूरा गरेको स्थायी शिक्षकले मात्र आवेदन दिन पाउने छन् ।

Related posts

डेंगी रोकथाममा तनहुँ रेडक्रसको अगुवाईसंक्रमित स्थानहरुमा “खोज र नष्ट गर” अभियान

admin

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

तनहुँ बार विरुद्ध रिट अभ्यास

admin