25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

पत्रकारलाई तालिम

दमौली/नेपाल पत्रकार महासंघ तनहुँले जिल्लाका क्रियाशिल पत्रकारलाई पत्रकारिता प्रदान गरेको छ । सुक्रबार र शनिवार दुई दिनको तालिममा संघीयतामा स्थानीय तह र रिपोर्टिङका हाम्रा मुद्धा र खोज पत्रकारिता विषय रहेका थिए । ती विषयमा क्रमशः पूर्वअध्यक्षद्वय धर्मेन्द्र झा र शिव गाउँलेले तालिम प्रदान गरेका थिए ।
महासंघका पूर्व अध्यक्ष एव्म खोज पत्रकारिता केन्द्रमा लामो समय नेतृत्व गरेका शिव गाउँलेले खोज पत्रकारिता सम्बन्धी तालिम दिएका हुन ।तालिम दिर्दै उनले राम्रो, जिम्मेवारी, जवाफदेही पत्रकारिता गर्नुपर्नेमा जोड दिए । जिम्मेवारी र जवाफदेही पत्रकारिताका लागि खोज पत्रकारिता मुख्य हतियार भएको उनले बताए । खोजपत्रकारितामा लाग्न उनले सबै पत्रकारलाई अुनरोध गरेका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्लेले देशका सबै तहमा भष्टूचार मौलाएको, पारदर्शिताको खडेरी परेको र जनअपेक्षा अनुसार काम नभएकाले पत्रकारले सशक्त रुपमा कलम चालउनु पर्नेमा जोड दिए ।
विषयम परिस्थतीलाई मध्ये नजर गर्दै भिडियोमा नै तालिम आयोजना गरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए । समय अनुकुल हुन साथ पत्रकारको क्षमता अभिवृद्धि हुने खालका तालिम आयोजना समेत गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ तनहुँका निर्वतमान अध्यक्ष एव्म सल्लाहाकार ओमकार आचार्यले प्रभावकारी,जिम्मेवारी र अनुसन्धानात्मक पत्रकारिता गर्न आबश्यक रहेको बताए ।
प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टरका तनहुँकका अध्यक्ष सानेबहादुर नेपाली, नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष धनपति अधिकारी, अस्मिता खनाल, सचिव प्रताप रानाले तालिममा सीकेका सीप व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
शुक्रबार पूर्व अध्यक्ष धमेन्द्र झाले “संघियतामा स्थानीय तह र रिपोटिङ्गका हाम्रा मुद्धा बिषयमा” प्रशिक्षण दिएका थिए । दुई दिन सम्म संचालन भएको तालिममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Related posts

चितुवा आतंकबाट मुक्ति कहिले ?-सम्पादकीय

admin

नेपाल रेडक्रस गण्डकी प्रदेशको दोस्रो बार्षिक साधारण सभा

admin

खै सेनेटरी प्याड?

admin