20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

निषेधाज्ञा उलंघन ? -सम्पादकीय

आमनागरिकमा कोभिड–१९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट आमनागरिकको जीवन बचाउन सुरक्षा प्रशासन अर्थात गृह प्रशासन सडकमा उत्रेर जोखिमको प्रवाह नगरी निषेधाज्ञाको पालना गर्न आव्हान गरिरहेको छ । माईकिङ्ग पनि गरेको छ । डीसिसिएमसीको बैठक राखेर सरोकारवालाहरुलाई उपस्थित गराएर निषेधाज्ञाको पालना गराउन चासो पूर्वक लागेको छ ।
हामी आमनागरिक सुरक्षा प्रशासनको यो सक्रियता हाम्रै जिवन रक्षाका लागि हो भन्ने बुझ्नै चासो देखाएनौं । आफ्नो अधिकारको कुरा गर्दै सुरक्षा प्रशासनको गतिविधिलाई आफू विरुद्धको हैरानी भन्ने बुझका साथ प्रतिवादमा उत्र्यौं । एउटा पक्ष निषेधाज्ञा आदेश पालना गराउन सक्रिय रुपमा लाग्ने, अर्को पक्ष मैले मेरो ज्यानको मायाँ मारेतनि मलाई छोड्दिनुस भन्ने खालको रवैयामा निषेधाज्ञाको प्रवाह नगरी हिडडुल गर्दा संक्रमणको बृद्धिदर अप्रत्यासित बढ्ने आशंका रह्यो । निषेधाज्ञा पालन गराउन सडकमा उत्रेको सुरक्षाकर्मिको किन, कहाँ, के काममा लगाएतका प्रश्न सोधेर केरकार गर्दा अपमानवोधले आम नागरिकको आवाज चर्को आउने भयो । निस्कने भयो । राज्यले निर्धारित अवधिका लागि पूर्ण रुपमा निषेधाज्ञा पालना गराउनु पर्ने दायित्व हो ।
सडकमा उत्रेर मान्छेसंगै नै प्रतिवाद गर्न परेपछि सुरक्षा कर्मचारीको मनमष्तिषकमा वेकारको झन्झट लाग्न सक्छ । सुरक्षा कर्मचारीको कर्तब्य पालनाले धेरै जना मान्छेको हुन सक्ने हताहतीको खतराबाट बचाएको छ ।
आमनागरिक मृत्यूबाट बच्नका लागि यो संक्रमण बढेको बेला आफ्नो घरबाट बाहिर निस्कन हुँदैन । आफ्नो जीवन सुरक्षाका लागि सडकमा खटिएको सुरक्षाकर्मिले सिकाउन पर्ने अवस्थाको अब अन्त्य हुनु पर्दछ । आफ्नो ज्यूधनको सुरक्षा आफैले गर्नु पर्दछ । संक्रमण बढेको बेला घरभित्रै बसेर बच्नु पर्दछ भन्ने चिकित्सक समेतको सन्देश सुन्ने थाहा पाउने, हरकोहीले दुरदराजसम्म पु¥याएर सचेतना फैलाउन अनिवार्य कर्तब्य भएको छ । आफ्नो जिवनलाई असुरक्षाको घेरामा राखेर प्रहरीले दिएको सजाय भोग्नु झनै अर्को शरमको विषय हो । आफ्नो र साथसाथै आफ्नो परिवारको जीवनलाई असुरक्षामा धकेलेर यमराज बनेर आएको रोगलाई निम्तो नदिऊ । घरभित्रै बसेर बाँचौं र बचाऊँ ।

Related posts

देउसीभैलोबाट मन्दिर

admin

कांग्रेसमा किचलो-बहुमतका आडमा एक्लै अघि बढ्न खोज्दै देउवा

admin

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता आवश्यक

admin