28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

ब्राह्मण समाजमा नयाँ नेतृत्व


दमौली/व्यास ३ मा ब्राह्मण समाज नेपालको वडा कार्यसमिति पुनर्गठन गरिएको छ । शनिबार व्यास सत्संग मन्दिर क्षेत्रमा सम्पन्न संस्थाको दोश्रो अधिवेशनले नारायणदत्त पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष मैना देवी अधिकारी , सचिवमा बाल हरि अधिकारी, कोषाध्यक्षमा हरिप्रसाद पण्डित सहसचिवमा राधा आचार्य चयन भएका छन् ।
सर्वसम्मत सदस्यहरुमा श्रीकृष्ण सोती, रीता ढुंगाना, ठाकुर प्रसाद पौडेल कोपिला पौडेल, सुमन भट्टराई , सुदीप काफ्ले, सर्जु पौडेल र सोमकान्त पौडेल निर्वाचित भएका छन् । अधिवेशनले नगर प्रतिनिधिमा शर्मिला ओझा, भगवती लम्साल, कल्पना न्यौपाने, अनिता काफ्ले र मेघराज काफ्लेलाई सर्वसम्मत चयन गरेको छ ।
साथै मन्जु वाग्लेको अध्यक्षतामा ब्राह्मण समाज नेपाल व्यास तीन महिला समाज गठन पनि गरिएको छ । सो समितिको उपाध्यक्षमा रमना ढुङ्गाना, सचिवमा सावित्रा ओझा, कोषाध्यक्षमा मन्जु खनाल तथा सहसचिवमा सीता पाण्डेलाई चयन गरेको छ ।
कार्यसमितिका सदस्यहरुमा अनुपम कला शर्मा, विमला पुडासैनी, तारा देवि खनाल, सुलोचना पण्डित र गीता अधिकारी चयन भएका छन् । अधिवेशनका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले सनातन धर्म संस्कृतिको महिमाको चर्चा गर्दै मौलिक पहिचान र संस्कारको जगेर्नामा जोड दिए ।
निवर्तमान अध्यक्ष प्रियनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल ब्राह्मण समाज नेपाल केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा लक्ष्मीकान्त चापागाई, ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य उपेन्द्र लम्साल, ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास ३ का वडा सदस्य रविन पौडेल लगायतले सामाजिक सद्भावका साथै अन्तरजातीय एकता नै मानव समाजको पहिचान भएकोमा जोड दिए । आ–आफ्नो पहिचान र सस्कारको जगेर्ना गर्दा जातीय सद्भाव जोगाउनु
पर्नेमा उनिहरुले जोड दिए ।

Related posts

शिवकालिका सहकारीको प्रशिक्षण

admin

छाब्दी प्रवेशद्वारको अध्यक्षमा गंगादेवी

admin

गण्डकी प्रदेश सरकारको बजेट-पूर्वाधार विकास र पर्यटन लगायत ७ क्षेत्र प्राथमिकतामा

admin