23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

खानेपानीमा बृषराज सर्वसम्मत

दमौली/खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दमौली बजारका प्रतिष्ठित व्यापारी बृषराज श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शनिबार दमौलीमा सम्पन्न संस्थाको चौथो अधिवेशन तथा दशौं साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गर्नुभएको सो अधिवेशनबाट अध्यक्ष हुन आकाँक्षी धेरै जना भएपनि स्वनिर्णयबाट चुनावी मैदानमा उत्रेर प्रचार अभियान चलाएका बृषराज श्रेष्ठको पक्षमा सर्वसम्मत बनाउने वातावरण निर्माण भएपछि निर्वाचन प्रवन्ध समितिका संयोजक अमृतबहादुर नेपालीले सो परिणाम घोषणा गर्नुभएको थियो । अधिवेशनले खुल्ला तर्फ विश्वेश्वर सुवेदी, ई. दीर्घबहादुर थापा, ओमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधव अधिकारी, क्याप्टेन जगतबहादुर बानियाँ र चिरौकाजी बतासलाई सर्वसम्मत निर्वाचित गरेको छ । महिला सदस्य तर्फ गौकुमारी न्यौपाने, सूर्यकला काफ्ले, विन्दु गुरुङ्ग र योगिता कायस्थलाई निर्वाचित गरेको छ । निर्वाचन परिणाम घोषणा भएपछि सामूहिक तस्विर खिचाउँदै दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशन तथा दशौं साधारणबाट निर्वाचित अध्यक्ष सहितका
सदस्यहरु । पदाधिकारी विधान बमोजिम बैठकबाट चयन हुने जनाइएको छ ।
–फोटो सौजन्य निर्वाचित अध्यक्षको फेसबुकबाट ।

Related posts

नेताको सम्वेदनशिलता

admin

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता आवश्यक

admin

शनिवार काँग्रेस भेला

admin