19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

खुल्ला मैदान जोगाउन हस्ताक्षर अभियान

दमौलीको खुल्ला चौर जोगाउन दमौलीमा हस्ताक्षर अभियान चलाइएको छ । सदर मुकाम दमौलीको गौरवको रुपमा रहेको खुल्ला चौरलाई मासेर स्थायी मञ्च बनाउँदा दमौलीको मुटुमा
रहेको शोभायमान खुल्ला पार्क मासिने भएको छ । करोडौ लगानिमा निर्माण भएको सभा हल ओझेलमा परेको छ । दैवी विपत्तीहरुमा आवश्यक पर्ने खुल्ला चौर मासिन लागेकोप्रति दमौलीवासीमा चिन्ता थपिएको छ । साथै ज्येष्ठ नागरिक जसलाई हिडडुल गर्न सम्म मैदान चाहिन्छ तिनीहरुको विहान र बेलुका हिड्ने ठाउँ पनि मासिन लागेको छ । यी सबै आवाजहरुको प्रतिनिधित्व गर्दै स्कूल अफ डेमोक्रेसी नेपालले मंगलबार हस्ताक्षर अभियान नै चलाएको थियो । हस्ताक्षर अभियानमा ओजिलो प्रतिनिधि मूलक सहभागिता रहेको थियो । राजनीतिक दल, पत्रकारहरु, सामाजिक संघ संस्थाहरुले सक्रिय सहभागिता जनाएको स्कूल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाले जनाएको छ ।

Related posts

ट्याङकी छ तर साबुन र पानी छैन

admin

दमौलीमा अन्तराष्ट्रिय बेपत्ता दिवस

admin

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा

admin