20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

अदालतको फैसलाको हलचल

बन्दिपुर/ ऋषिराम कट्टेलले दायर गरेको उत्प्रेषण निवेदनमा २०७७ फागुन २३ गते सर्वोच्च अदालतले दिएको निर्णयबाट नेकपा तनहुँको राजनीतिमा हलचल ल्याएको छ । कतै निराशा त कतै उत्साह भरिदिएको छ । अर्थात खड्गप्रसाद ओली समूह उत्साहित हुँदै मंगलबार एमालेको नाम पार्टी कार्यालयमा टाँग्न राख्न उत्साहपूर्वक लागेको देखिन्थ्यो । अर्को तर्फ माधवकुमार नेपाल समूह ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भनेर कान्छ बाउको अनुहार’ को असमञ्जस्यमा रहेको देखिन्थ्यो । दुई तिहाई बहुमतको सरकारको हैसियतमा शपथ खाएका प्रधानमन्त्री खड्गप्रसाद ओली अदालतको फैसलापछि अल्पमतमा परेका छन् । सो फैसलाले तनहुँको राजनीतिमा मात्रै होइन, समग्र देशको संवैधानिक र राजनीतिक भविष्य माथि नै संकटको अवस्था देखा परेको छ । 

Related posts

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन आत्मविश्वास र मनोबल बढेको छ

admin

बन्दाबन्दी खुल्यो संक्रमण बढ्यो-सम्पादकीय

admin

अंश छुट्टयाउने कार्यविधि

admin