26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सडक सुधारका लागि व्यासलाई ७५ करोड

व्यास नगरपालिका क्षेत्रका ३ वटा मुख्य सडकको स्तरोन्नत्तीका लागि नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाको समन्वयमा ७५ करोड ३ लाख रुपैंया सहयोग प्राप्त हुने भएको छ । 
नेपाल सरकार र विश्व वैंक विच सम्झौता भए अनुसार उक्त सडकहरुका लागि सो सहयोग प्राप्त हुने भएको हो । सहयोग सम्बन्धमा व्यास नगरपालिका र  नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना विच शुक्रबार काठमाण्डौमा सम्झौता सम्पन्न भएको छ ।  सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका हुन् ।            सडक अन्तरगत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनिटार, चिन्तुटार, मादिवेशी, शेखटार हुदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुदै छिर्कने निस्कने मार्गको स्तरिकरण(कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी गराए ।  योजना अन्तरगत लैङ्गीक समानता लगायत पुर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ ।
हाल वहाल रहेका जनप्रतिनिधिहरु निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व वैंक विच सम्झौता भएअनुसार काम अगाडी बढ्ननुपर्नेमा कोभिड लगायत विविध कारणले नगरपालिका संगको सम्झौता ढीलो हुन पुगेको हो । 
शुक्रबार देशभरका ३३ नगरपालिकासंग आयोजनाका तर्फबाट सम्झौता गरिएकोमा आयोजनाका तर्फबाट करिब १४ अर्व बजेटमा यो कार्यक्रम सञ्चालन हुदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिका सहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलिबजार नगरपालिकासंग सम्झौता गरिएको हो ।  योजना सम्पन्न गर्ने अबधि  ५ वर्षको रहेको छ ।    
आयोजनाले व्यास नगरपालिकाको ग्रामिण  र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारी पारी  क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाईँसराईको तिब्रता आईरहेको अबस्थामा यो योजना सम्पन्न भएपछी गाँउछोडि शहर जाने क्रम  रोकिने अपेक्षा गरिएको 

छ । आयोजनाको कार्यान्वयनको चरणमा बृहत शहर विकास अभियान अन्तरगत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसीत गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा पनि राखेको छ ।

Related posts

कालिञ्चोक भगवती र हलेसी महादेव

admin

हाम्रो घर

admin

पूर्व विशिष्टलाई सुविधा-सम्पादकीय

admin