26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

गृह जिल्लाका कार्यकर्ता भेटघाटमा जोशी

मानेचौका÷एक हप्ताको तनहुँ बसाईको कार्यक्रम लिएर गृहजिल्ला आएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी कार्यकर्ता भेटघाट व्यस्त देखिएका छन् । बुधबार भानु नगरपालिका वडा नंं. ११ को मानेचौका स्थित मानेचौका निवुवास्वाँरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । दोस्रो साधारण सभालाई प्रमुख अतिथि लगायत भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं त्रिभुवन क्याम्पस मानेचौका सञ्चालक समितिका अध्यक्ष टेकबहादुर गुरुङ्ग, वडा नं. ११ का वडाध्यक्ष तारानरेश पौडेल, नेपाल शिक्षक संघ तनहुँका पूर्व अध्यक्ष गणेशबहादुर खत्री, त्रिभुवन मावि मानेचौका व्यवस्थापन समितिका अध्यक्ष विमलराज जोशी नेपाल तरुण दल तनहुँका कोषाध्यक्ष रुद्र थापा मगर लगाएतले सम्बोधन गरेका थिए । यस अघि नेता जोशीले भानु–१ भन्सार, भानु–१० दुधेकुनाका कार्यकर्तासंग भेटघाट गरेका थिए ।

Related posts

सृष्टि धान्ने जननीको विवशता

admin

बाली, बालबालिका र बर्खे विदा

admin

बन्दाबन्दी सातौ चरणमा

admin