28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

प्रदेश २ मा नयाँ प्रदेश प्रमुख राजेश झाको छनौटले दिएको सन्देश

प्रजातन्त्र दिवसको दिन पारेर फागुन ७ गते शुक्रबार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झा उर्फ राजेश अहिराजलाई  नियुक्त गरेकी छन् । 
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा सोही दिन जारी विज्ञप्तीमा भनिएको छ, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । सोही दिन जारी अर्काे विज्ञप्तीमा प्रदेश प्रमुखका रुपमा कार्यरत तिलक परियारलाई धारा १६५ को उपधारा (१ ) को खण्ड (ख)  बमोजिम पदमुक्त गरिएको उल्लेख गरिएको छ । गृहमन्त्री रामबहादुर थापाको कोटामा प्रदेश प्रमुख बनेका परियार २०७६ कार्तिक १९मा प्रदेश प्रमुखका लागि सपथ लिई काममा खटिएका थिए । 
अचानक परियारलाई हटाएर झालाई प्रदेश प्रमुख बनाएसंगै सरकारको नियत पनि खुल्दै गएको छ । केही समय अगाडि आफ्ना आलोचकलाई सामाजिक सञ्जालमा तथानाम गाली गरेर कुख्यात भएका गुरु भट्टराईलाई रेल्वे कम्पनीको महाप्रवन्धकमा ओलीले नियुक्त गरेका थिए । यस पटक नियुक्त भएका राजेश पनि नेपाल–दाहाल समूहका नेता कार्यकर्तालाई समाजिक सञ्जाल, पत्रपत्रिका तथा टेलिभिजनका पर्दामा तुच्छ गाली गलौजमा उत्रदै आएका  थिए । ओलीकै शैलीमा नेपाल–दाहाल समूहका अतिरिक्त नागरिक समाज विरुद्ध पनि विष वमन गर्दै आएका झाले 

कसरी निष्पक्ष रुपमा प्रदेश प्रमुखको भूमिका निभाउलान भन्ने शंका गर्न थालिएको
छ । कोरोना महामारीका बेला काठमाण्डौबाट हप्तौ पैदल हिंडेर आफ्नो गन्तव्य पुगेका नागरिकलाई नाटकको संज्ञा दिने ओलीको, आफुलाई नागरिक अभियन्ता भन्न रुचाउने झा खुलेर समर्थन गर्थे तर नागरिक समाज तथा नेपाल–दाहाल समूहले त्यस बेला केही नबोलेको आरोप लगाउँथे । वर्तमान राजनैतिक नेतृत्वलाई सामूहिक रुपमा हत्यारा, भ्रष्टाचारी, देशद्रोही र जनतामाराको उपमा दिने झामा सरकारले के त्यस्तो विशेष योग्यता देख्यो र आफैले १६ महिना अगाडि नियुक्त गरेका दलित समुदायको प्रतिनिधित्व गर्ने प्रदेश प्रमुखलाई अचनाक वर्खास्त गरेर उनलाई नियुक्त गुर्न प¥यो ? आम नागरिकले बुझ्न सकेका
छैनन् । अझ उल्लेख्य कुरा त के छ भने झा तिनै व्यक्ति हुन् जसले केही समय अगाडि सरकारले विभिन्न नियुक्ति गर्दा समाजिक सञ्जाल मार्फत सरकारसंग आम नेपाली जनताले थाहा पाउने गरी नियुक्तिको विश्वसनिय कारण सार्वजनि गर्न माग गरेका थिए । अब आम नागरिकलाई झाले आफ्नो नियुक्तिको विश्वसनिय कारण दिन्छन् कि दिँदैनन् हेर्नु पर्नेछ । अरु कुनै पदमा नियुक्त हुँदा नेताका गोजीबाट मनमौजी
पाराले नियुक्ति बाँड्ने काम बन्द गर्न आग्रह गर्ने झाले आफ्नो नियुक्ति किन ? त्यहाँ आफु किन जान खोजेको भन्ने जस्ता प्रश्नको उत्तर दिन्छन् कि दिँदैनन् त्यो पनि नेपाली नागरिकले पर्खेरबसेका छन् ।
अर्काे तर्फ आफ्नो प्रेस सल्लाहकारमा सूर्य थापा, रेल्वे विभागको महानिर्देशकमा गुरु भट्टराई तथा प्रदेश २ को प्रमुखमा झालाई ओलीले गरेको नियुक्तिले एउटा कुरा भने स्पष्ट भएको छ, कि ओली आफ्ना ओलोचक विरुद्ध आगो ओकल्नेहरुलाई छानी छानी लाभका पद दिन लागि परेका छन् । आलोचकहरु विरुद्ध कहिले अरिंगाल बनेर खनिन तथा कहिले बघिनी बनेर आक्रमण गर्न कार्यकर्तालाई आदेश दिने ओलीका छनौंटहरु पनि त्यहि अनुसार हुँदै जानु भने चिन्ताको विषय बनेको छ । बदलिँदो राजनैतिक परिस्थितीसंगै सुधारका आशाहरु भने बाँकी नै छन् ।

Related posts

धरापमा परेको स्वाभिमान

admin

सम्बन्ध विच्छेद र फरार प्रतिवादी

admin

ज्येष्ठ नागरिकलाई सम्मान

admin