22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

यात्रु बेच्ने सावारी साधनलाई कारवाही

दमौली/गन्तब्य ढाँटेर प्लेट राखी यात्रु चढाएर बेच्ने सवारी साधनलाई तनहुँ ट्राफिकले कारवाही गरेको छ । तनहुँ ट्राफिक प्रहरीले लेखेको ठाउँमा नगई यात्रु बेच्ने वा भाडा फिर्ता दिने २१ सवारी साधनलाई कारवाही गरेको छ । तनहुँस्थित पृथ्वी राजमार्गका विभिन्न युनिटबाट गरिएको चेकका क्रममा ४० बसको चेकजाँच गर्दा २१ बसको प्लेट हटाइएको ट्राफिक तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । ‘नजाने ठाउँमा जाने भनेर प्लेट राख्दै भ्रम श्रृजना गरेका सवारीको प्लेट हटाएर कारबाही गरेर छाडेका हौं,’ उनले भने । यसक्रममा ट्राफिकले १९ वटा सवारी साधनहरूको कागज पत्र नियन्त्रण लिएको छ । उनीहरुको बोर्डहरू समेत जफत गरिएको ट्राफिकले जनाएको छ । गन्तब्य ढाँटेर यात्रुलाइ हैरान पार्नु पनि एक प्रकारको ठगी नै हो ।

Related posts

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद्

admin

नेकपाभित्र कुटाकुट-पूर्व माओवादी कार्यकर्ताको ज्यान गयो

admin

फेरी पनि उपेक्षामा तल्ला कर्मचारी

admin