25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

एसईई पुरानै संरचना र शैलीमा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरानै संरचना र शैलीमा सञ्चलन हुने भएको छ । सरकारले प्रदेश सरकारसंग समन्वय गरेर राष्ट्रिय परीक्षा बोर्डले विगत भै पुरानै संरचना र शैलीमा सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिएको हो ।
एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन नसकेको सन्दर्भमा सरकारले यस्तो निर्णय  गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको हो । उत्तरपुस्तिकाको छपाइको आर्थिक जिम्मेवारी प्रदेश सरकारसँग रहेको तर एसईई सञ्चालन गर्न स्पष्ट कानुन तथा परीक्षा सञ्चालन गर्न सक्ने विश्वसनीय संस्थाको अभाव भएकाले प्रदेश सरकारसंगको समन्वयमा  तत्काल बोर्डले नै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । 
अहिले परीक्षाको फर्म भर्ने काम भइरहेको र वैशाखमा परीक्षा सञ्चालन गर्न वोर्ड तयार रहेको बताएको छ । तर कोभिडका कारण विद्यार्थीले आवश्यक सिकाई उपलब्धी हासिल गर्ने अवसर नपाएकोले जेठमा एसईई सञ्चालन गर्न उपयुक्त हुने देखिएको बोर्डको जनाएपनि यसबारे आधिकारिक निर्णय भने भैसकेको छैन ।  

Related posts

क्वारेन्टाईनलाई आवश्यक सामग्री वडावडामा पुर्याउँदै शहीद पुत्र

admin

सडक सुधारका लागि व्यासलाई ७५ करोड

admin

जनता अन्योलमा

admin