25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

भोली शहीद दिवस

शहीद अर्थात आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति । हो, तिनै अमर व्यक्तिहरुको सम्झनामा हरेक वर्ष माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ । 
नेपालका प्रथम शहीद लखन थापा, जसलाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो देखि यताका देशका लागि बलिदान हुने व्यक्तिहरुको नाम लिने होे भने धेरैको नाम हाम्रो सम्झनामा आउने गर्दछ । यस्तै नामहरु हुन्, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठ ।
तत्कालिन जहानिया राणा शासनको विरुद्धमा गतिविधि गरको अभियोगमा विसं १९९७ माघ १० मा  शुक्रराज शास्त्रीको टेकु पचलीमा तथा सोही १२ गते मध्यराती सिफलमा धर्मभक्तको राणाहरुले हत्या गरे । सोही १४ मा दशरथ चन्द र गंगालाल श्रेष्ठको शोभा भगवतीमा लगेर गोली हानी राणाहरुले हत्या गरेका थिए । 
त्यसपछिका आन्दोलनहरुमा पनि थुप्रै नेपाली आमाका सन्तानहरुले स्वतन्त्रता प्राप्तीको आन्दोलनमा आफ्नो ज्यान गुमाएका छन् । र हामीले अहिले स्वतन्त्रताको स्वाद चाख्न पाएका छौं । देशका लागि बलिदान हुने ति सपुतहरु प्रति सम्मान व्यक्त गर्न र उनीहरुको योगदानको चर्चा गर्न हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिन्छ । यसबीच शहीदहरुका शालिक तथा तस्वीरमा पुष्प तथा माला अर्पण गर्ने र उनीहरुको सपना साकार पार्न लागि पर्ने प्रतिवद्धता जनाईन्छ । 
तर फूल चढाउने र सपना साकार गर्ने प्रतिवद्धता जनाउने गरेर मात्र शहीदका सपना भने पुरा हुने रहेनछन् । अझै पनि हामीले स्वतन्त्रताको लागि लड्नु परिरहेको छ । शहीदको रगतको सम्मान गर्दै आगामी दिनमा उनीहरुको सपना सकार पार्न सबै लागि पर्नु आवश्यक भएको छ ।    

Related posts

आगलागीबाट एकको मृत्यु

admin

दशीप्रमाणको उपभोग्य सुरक्षण

admin

आदिकविको सम्झना-सम्पादकीय

admin