25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

अक्षयकोष स्थापना

नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. श्रीमती भवानी खनालको स्मृतिमा उहाँले पत्रकार महासङ्घ तनहुँ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
खनालले बुधबार काठमाडौस्थित आफ्नै निवासमा शाखाका पूर्व अध्यक्ष प्रदीप काफ्लेलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको छ । शाखामा पत्रकारिता अक्षयकोष स्थापना गर्ने विगत केही वर्षदेखिकै चाहना बमोजिम आफूले सहयोग गरेको खनालले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता अक्षयकोष स्थापना गरेकामा खनाललाई धन्यवाद दिँदै अक्षयकोषबाट प्राप्त हुने रकमबाट वार्षिक रुपमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने जानकारी
दिनुभयो ।

Related posts

म सुकिलो कांग्रेस बन्न सकिनँ

admin

२०७६ साललाई विदाई गर्दै

admin

क्वारेन्टाईनलाई नेरेसोको अखाद्य सहयोग

admin