Tanahun Awaj
Uncategorized

तनहुँ कॉग्रेसको अपिल

दमौली/नेपाली कॉग्रेस जिल्ला कार्य समिति तनहँले नेपाल सरकारको प्रतिगामी अधिनायकवादी असंवैधानिक कदमको विरूद्धमा आयोजित विरोध सभामा सहभागि हुन अपिल गरेको छ ।

नेपाली कॉग्रेस तनहुँका सचिव विश्व वास्तोला हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले संविधानको धारा ७६ को गलत व्याख्या गरी असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएको छ । अपिलमा भनिएको छ ‘(संसद विघटन गर्ने) निर्णयले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान भत्काई मुलुकलाई अस्थिरता, अराजकता र असफलता तर्फ लैजाने गम्भिर षडयन्त्रमूलक काम गरेको छ ।’

सरकारको संसद विघटन गर्ने कदमले आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र पत्रकारीता समेतका संविधानवादका आधारभूत मान्यता धरापमा पारेको चर्चा गर्दै नेपाली कॉग्रेस तनहुले आफ्नो अपिलमा अधिनयकवाद एवं प्रतिगमन तर्फ उन्मुख कदमको विरूद्धमा पुस १३ गते दमौली अनसन चौतारीमा आयोजित विरोध सभामा सहभागि हुन आव्हान गरेको छ ।

Related posts

नेकपाभित्र कुटाकुट-पूर्व माओवादी कार्यकर्ताको ज्यान गयो

admin

तनहुँ कारागारमा कैदीले तिहार मनाए

admin

आदरणीय तनहुँबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई एउटा खुल्ला पत्र!

Deepak Joshi