Tanahun Awaj
Uncategorized

भूमिहिनका लागि सहजीकरण समिति

दमौली/व्यास नगरपालिकाको  नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न विशेष नगरसभाले भूमिहिनका लागि सहजीकरण समिति बनाउने निर्णय गरेको छ ।

नपाका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचान र प्रमाणिकरणका लागि सहजीकरण समिति बनाउने निर्णय भएको हो । तिनीहरुको पहिचान र प्रमाणिकरणको आधार र मापदण्ड २०७७ ले गरेको व्यवस्था बमोजिम वडा स्तरीय सहजीकरण समिति बनाउने र उक्त समितिका सदस्य तथा राजनैतिक दलका प्रतिनिधि सम्मिलित हुनेगरी नगर स्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय भएको हो । 

यसैगरी नगरसभाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक समेत पारित गरको छ । विधेयक पारित भएसंगै सार्वजनिक निजी साझेदारीको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनको निर्माण,सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा सहजता आउने छ । नगरको वृहत्तर सामाजिक तथा आर्थिक विकास गर्न तथा सर्वसाधारलाई  भरपर्दाे,किफायती र सर्वसुलभ सेवा–सुविधा उपलब्ध गराउन सहज हुने विश्वास नपाले लिएको छ । नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७७ पारित गरको छ ।  

Related posts

भानुमा इस्लामिक पुस्तकालय

admin

कल्याणकारी कोषमा सहयोग

admin

साहित्य सम्मेलन स्थगित

admin