26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सम्पादकीय

व्यक्ति हत्या बन्द गर

अघिल्लो साताको मंगलबार मोरङ जिल्लाको मिक्लाजुुङ गाउँ पालिका वडा नं १ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हात अगाडि बाँधिएको अवस्थामा घाँटी रेटेर हत्या गरिएको भेटियो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६ जना कार्यकर्ताले उक्त दिन विहान ७ बजे उनलाई घरबाटै अपरहण गरेका थिए  ६ मध्ये चारको मुखमा नकाब थियो तर दुइको मुखमा थिएन र तिनीहरु बारम्बार उनको घरमा तरकारी माग्न आइरहन्थे । आफुकहाँ निरन्तर आइरहनेहरुले आफ्नो हत्या गर्लान भन्ने शायद श्रेष्ठलाई लागको थिएन । तर हाम्रो सरलाई किन अपहरण गरको भनेर सोध्ने विद्याथीहरुलाई केही बेरमा सम्झाई बुझाइ गरेर फर्काइ दिन्छौं भनेर लगेका अपहरणकारीले करिब एक किलोमिटर पर लगेर नृशंस ढंगले हत्या गरे । 

चन्द समूहको मेची कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लियो । उसको दावी छ, शिक्षक श्रेष्ठको सुराकीमा कार्तिक १२ मा काशीराम घिमिरे तथा विज्ञान राई जस्ता नेताहरु समातिए ।

जिल्ला सदरमुकाम विराटनगरबाट ८६ किमि उत्तर–पूर्वको विकट गाउँमा भएको  शिक्षकको हत्याले देशभरका आम नागरिकमा भयको सृजना ग¥यो । तर एउटा सहकर्मीको हत्याले न त शिक्षकका संघ÷संगठनका नेताहरुलाई छोयो न त सरकारको नेतृत्वकर्ताहरुलाई नै । सबैभन्दा दुःखद पक्ष भनेको नै यही हो । 

आफुले मागेजति चन्दा नदिएको झोंकमा सुराकीको आरोप लगाएर नरहत्या गर्ने विप्लव प्रवृत्ति जति निन्दनिय छ । एउटा सहकर्मीको हत्यामा चुप वस्ने शिक्षकका हितरक्षाका निम्ती गठन गरिएका भनिएका संघ÷संगठनको वेवास्ता पनि उत्तिकै निन्दनिय छ । श्रेष्ठको हत्याको केही दिनपछि प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाए । आम नागरिकलाई लाग्यो,यो विषयमा पनि उक्त बैठकमा छलफल होला । तर सत्ताको झिना झम्टीमा व्यस्ता नेताहरुले त्यसलाई छलफलको विषय बनाउन आवश्यक ठानेनन् । सरकारलाई झकझक्याउने दायित्व पाएको प्रतिपक्षले पनि त्यो विषयमा आवाज उठाउन आवश्यक ठानेन । 

चन्द नै संलग्न भएको दशक लामो शसस्त्र द्वन्द्वले सिकाएको पाठ के हो भने व्यक्ति हत्या समस्यको समाधान  होइन । मारकाटले समस्याको समाधान दिँदैन । तर त्यसबाट पाठ नसिकेर फेरी व्यक्ति हत्याको जुन श्रृङ्खला चन्द समूहले सुरु गर्दैछ, त्यो सबैका लागि घातक हुनेछ । यो कुनैपनि दृष्टिले न्यायिक काम होइन । म सुरक्षित छु, त्यसैले अरुका बारेमा किन बोल्ने भन्ने ढंगको शिक्षकका संघ÷संगठनको क्रियाकलाप र चन्द समूहको व्यक्ति हत्याको श्रृङ्खला तुरुन्त बन्द होस् ।

Related posts

ओली गुटका नेताको कथन, प्रतिगमन रोक्न विघटन

admin

बालिका दिवसमा प्रतिभा प्रदर्शन

admin

नेताको उपचार विदेशमा, जनताको उपचार कहाँ ?

admin