18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि साँझ कार्यालयबाट रंगेहात पक्रेको हो । एक स्टिङ अपरेशनका क्रममा अख्तियारको टोलीले पक्रेको प्रहरी श्रोतले बताएको छ । उनीमाथि रकम मागेको भन्दै सेवाग्राहीले उजुरी दिए पछि अख्तियारको टोलीले स्टिङ अपरेशन गरेर पक्रेको बुझिएको छ । टोलीले उनलाई पक्रेर पोखरा लैजाने तयारी गरेको छ ।
अख्तियार क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले कार्यालय प्रमुखलाई कार्यालयबाटै रकमसहित पक्रेको दमौली न्य्ुजलाई पुष्टि गरे ।

Related posts

जनताको मुख थुन्ने कस्तो गणतन्त्र ?

admin

कोरोना अपडेट

admin

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin